काठमाडौं- काठमाडौँको बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेविको बिस्कुट कारखानामा भएको आगलागी नियन्त्रणमा आएको छ।
शनिबार बिहान २ बजेदेखि भएको आगलागी १० घण्टापछि नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।
आगलागी नियन्त्रणका लागि दमकल, पानी ट्यांकर र हेलिकोप्टरको प्रयोग गरिएको थियो।
आगलागी नियन्त्रणका लागि रानीपोखरीबाट हेलिकोप्टरले पानी बालाजु लगेर खसालेको थियो। आगो नियन्त्रणमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीय सक्रिय बनेका थिए।
आगलागी के कारणले भयो भन्नेबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। क्षतिको यकिन विवरण पनि आइसकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।