काठमाडौं- ललितपुरको ‘ए’ डिभिजन क्लब थ्री स्टारले तीन खेलाडीसँगको सम्झौता नवीकरण गरेका छन्। थ्री स्टारले शनिबार मिडफिल्डर सन्जोक राई, डिफेन्डर निशान खड्का र अनन्त तामाङसँगको सम्झौता नवीकरण गरिएको जनाएको छ।
सहिद स्मारक ‘ए’ डिभिजन लिग र राष्ट्रिय लिग नजिकिदै गर्दा थ्री स्टारले राष्ट्रिय टिमका खेलाडीसँगको सम्झौता नवीकरण गरेको हो। ‘ए’ डिभिजन लिग कात्तिक २९ बाट सुरु हुनेछ।
अनन्तले थ्री स्टारबाट पछिल्लो सिजनको ‘ए’ डिभिजन लिग खेलेका थिए।
चोटका कारण उनले बैशाखमा भएको फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग ९एनएसएल० भने खेलेनन्। राष्ट्रिय टिमका डिफेन्डर अनन्तलाई अधिकांश क्लबले अनुबन्ध गर्न चाहेका थिए।
सन्जोकले समेत पछिल्लो सिजनको लिग थ्री स्टारबाट खेलेका थिए। उनले फ्रेन्चाईज फुटबल एनएसएलमा काठमाडौं रेजर्सबाट खेलेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।