काठमाडौं- नेपाली मुलकी महिला फुटबल खेलाडी अस्मिता आले मगर इंग्लिस क्लब टोटेनहममा अनुबन्धित भएकी छिन्। शुक्रबार टोटेनहमले १९ वर्षीया डिफेन्डर अस्मितालाई एस्टन भिल्लाबाट अनुबन्धित गरेको हो।
अस्मिताले टोटेनहमसँग दुई वर्षको सम्झौता गरेकी हुन्। अस्मिता गत सिजन एस्टन भिल्लाबाट खेलेकी थिइन्। उनी 'प्लेयर अफ द सिजन' घोषितसमेत भएकी थिइन्।
इंग्ल्यान्डको यू-१९ टिमकी सदस्यसमेत रहेकी अस्मिताले २०१८ मा एस्टनको सिनियर टिममा डेब्यु गरेकी हुन्। अस्मिता अमृत र बसन्ती आलेकी छोरी हुन्। तनहुँमा स्थायी घर भएका अमृत क्वीन्स गोरखा सिग्नलका सैनिक हुन्।
अस्मिताले २०१७-१८ को सिजनमा उत्कृष्ट प्रदर्शन गर्दै क्लबका खेलाडी, व्यवस्थापन र समर्थकलाई प्रभावित पारेकी थिइन्।अस्मिता ८ वर्षको उमेरमा क्लबको एकेडेमीमा आबद्ध भएकी थिइन्।
‘म टोटेनहममा सामेल हुन पाउँदा धेरै उत्साहित छु । क्लबको उत्कृष्ट प्रतिष्ठा र महत्वाकांक्षा छ कि रेहाने (स्निर), स्टाफ र खेलाडीहरुबीच म एउटा हिस्सा बन्न चाहान्छु,’ अस्मिताले भनिन्, ‘रेहानेसँग धेरै सिक्न तत्पर छु। म सुरु गर्नको लागि पर्खन सक्दिनँ। आशा छ कि टिमलाई यो सिजन अझै राम्रो गर्न मद्दत गर्न सक्छु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।