काठमाडौं- सर्लाही जिल्लाको लालबन्दी नगरपालिका ५ पानी ट्याङ्कीस्थित सीमा इलाकाबाट सशस्त्र प्रहरीले करिब ३ लाख १२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न किसिमका सामान बरामद गरको छ।
भारबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मूल्य बराबरको लत्ताकपडा, भाँडाबर्तन तथा गुट्खा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश हरिवनबनबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो।
बरामद सामान भन्सार कार्यालय मलगंवामा बुझाइएको छ। यसैगरी रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका ११ बाईपास इलाकाबाट साउन २२ गते सशस्त्र प्रहरीले करिब २ लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ।
भारतबाट अबैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट डण्डाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो।
बरामद लत्ताकपडा भन्सार कार्यालय बेलहियामा बुझाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।