सप्तरी- सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिका ९ रुपनगरस्थित पोेखरीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका एक वृद्धाको शव सशस्त्र प्रहरीले फेला पारेको छ।
सोही नगरपालिका १२ बस्ने ६० बर्षिय बिर्जु सरदारकाे शव शुक्रबार फेला परेकाे हाे। उनी पोखरीमा नुहाउने क्रममा डुबेर बिहीबार बेपत्ता भएका थिए।
सो घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेशभारदहबाट सशस्त्र प्रहरी निरीक्षक ध्रुवप्रसाद भट्टको कमाण्डमा खटिएको गोताखोरसहितको टाेलीले उनको शव पोखरीबाट बाहिर निकालेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।