काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुढानीलकण्ठ नगरपालिकाका सब-इन्जिनियर विनोदकुमार पौडेललाई घुससहित पक्राउ गरेको छ।
आयोगको टोलीले सडक निर्माण कार्यको ठेक्का सम्झौता बमोजिम कार्य सम्पन्न पश्चात भुक्तानी दिने क्रममा सेवाग्राहीसँग ७२ हजार घुस लिएको आरोपमा पक्राउ गरेको हो।
पटकपटक सेवाग्राहीसँग रकम मागेको उजुरीको आधारमा उनलाई बुढानीलकण्ठ नगरपालिका ६ स्थित सव्रिना होटलबाट घुस लिइसकेको अवस्थामा पक्राउ गरेको आयोगले जनाएको छ।
पौडेलमाथि थप अनुसन्धान भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।