काठमाडौं- तुर्कमेनिस्तानले एएफसी महिला एसियन कप २०२२ छनोट प्रतियोगिता नखेल्ने भएको छ।
कोरोना महामारीको कारण सरकारले यात्रामा प्रतिबन्ध लगाएपछि तुर्कमेनिस्तानले छनोट प्रतियोगिताबाट नाम फिर्ता लिएको हो।
एसियन फुटबल फेडेरेसन (एएफसी) ले तुर्कमेनिस्तानले नाम फिर्ता लिइसेको पुष्टि गरेको छ।
छनोटको समूह ‘ए’ मा रहेको तुर्कमेनिस्तानसँगै चाइनिज ताइपेई, बहराइन र लाओस थिए।
यस्तै, उत्तर कोरियाली टोलीले पनि छनोट प्रतियोगिता नखेल्ने भएको छ। छनोटमा उत्तर कोरियासँगै इन्डोनेसिया, इराक र सिंगापुर समूह ‘सी’ मा थिए। यस समूहमा अब तीन टिममात्र हुने छन्।
महिला एसिया कप छनोटमा नेपाल समूह ‘एफ’ मा छ। यस समूहमा हङकङ र फिलिपिन्स छन्। खेल नेपालको घरेलु मैदानमा आयोजना हुनेछ।
समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।