Photo : Reuters / Henry Romero
काठमाडौं- अमेरिकाले टोकियो ओलम्पिक २०२० अन्तर्गतको महिला फुटबलमा कास्य पदक हात पारेको छ।
कासिमा सकर स्टेडियममा बिहीबार भएको खेलमा अष्ट्रेलियालाई ४-३ ले हराउँदै अमेरिकाले कास्य पदक जितेको हो।
अमेरिकाको जितमा मेगान रापिनोइ र कार्ली लोएडले समान दुई गोल गरिन्। अष्ट्रेलियाका सामान्थ खेर, काइटलिन फोर्ड र इमिली जिलनिकले समान एक गोल गरेपनि हार टार्न सकिनन्।
खेलको आठौं मिनेटमा रापिनोइले गोल गर्दै अमेरिकालाई अग्रता दिलाइन्। १७औं मिनेटमा खेरले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याइन्।
२१औं मिनेटमा मेगानले व्यक्तिगत दोस्रो गोल गर्दै अमेरिकालाई २-१ ले अगाडि बढाइन्। ४५औं मिनेटमा लोएडले गोल गरेपछि अमेरिकालाई ३-१ को अग्रता दिलाइन्।
५१औं मिनेटमा कार्लीले व्यत्तिगत दोस्रो गरेपछि अमेरिकाले ४-१ को अग्रता लिएको थियो।
५४औं मिनेटमा काइटलिन फोर्डले गोल गर्दै खेल ४-२ मा ल्याइन्। यस्तै, ९०औं मिनेटमा इमिलीले गोल गर्दै खेल ४-३ मा पुर्याएपनि हार टार्न सकिनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।