पर्सा- सशस्त्र प्रहरीले पर्सा जिल्लाको बीरगञ्ज महानगरपालिका १६ भन्सार मेनगेट इलाकाबाट ८ लाख नेपाली रकमसहित एकजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको पूर्वीचम्पारण मोतिहारी घर बताउने ३२ वर्षीय आजाद मिया छन्।
भारतबाट नेपालतर्फ आउँदै गरेका मियालाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बीरगञ्जबाट खटिएको सशस्त्र प्रहरीले शंका लागेर जाँच गर्दा उनको साथमा फेला परेको रकम स्राेत खुलाउन नसकेपछि उनलाई पक्राउ गरिएको हो।
पक्राउ परेका मियालाई बरामद रुपैयाँसहित आवश्यक कारबाहीको लागि बीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।