काठमाडौं- टोखा नगरपालिका धनेश्वकरबाट हराएको मोटरसाइकलसहित २ जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा नुवाकोट सुर्यगडी गाउँपालिका- ४ घर भई हाल काठमाडौं बनस्थलि बस्ने वर्ष २४ का संजय तामाङ्ग र जिल्ला नुवाकोट तादी गाउँपालिका- ६ घर भई हाल काठमाडौं तारकेश्वथर - ६ बस्ने वर्ष ३२ का बुद्धिबहादुर तामाङ् रहेका छन्।
ट्राफिक प्रहरीले काठमाडौं तारकेश्वर- ६ धर्मस्थलीमा बा ८९ प ७९६९ नम्बरको कालो र रातो रंङको २२० सीसीको पल्सार मोटरसाइकल शंकास्पद रूपमा चलाइरहेको अवस्थामा दुबैलाई पक्राउ गरेको हो।
चेकजाँच गरेर बुझ्दा उक्त च्यासिस तथा इन्जिन नम्बर भएको मोटरसाइकलको वास्तविक नं प्रदेश ३-०२-००२ प ४८०३ खुल्न आएको ट्राफिक प्रहरी प्रमुख एसएसपी जनक भट्टराईले बताए।
पक्राउ परेको मोटरसाइकलसहित दुबै जनालाई थप अनुसन्धानको लागि प्रहरी बृत्त,महाराजगञ्जमा बुझाएको ट्राफिक महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।