Ncell FOC Content Block Ncell FOC Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, साउन ५, २०८३ Tue, Jul 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
शनिबार विशेष
नियात्रा

दिस इज लिटिल टिबेट

डा.दामोदर पुडासैनी ‘किशोर’  शनिबार, साउन २३, २०७८  ०७:००
1140x725

सिर्जना तरबर्र उम्रन्छन्, मान्छेका नवीन स्पर्शले।

‘ए बहिनी, मोनालिसा होटल कता पर्छ हँ?’

‘उः सिधै जानुहोस्। त्यो रुखनेरबाट दायाँपट्टि मोडिनुहोस्। रुख नै रुखको बीचमा घर छ नि, हो त्यही हो मोनालिसा होटल।’

‘तपाईंहरूको पनि छ होटल?’

‘हाम्रो यही मिस्टिक होटल हो, मोनालिसा भने मेरी बहिनीको हो।’

‘त्यसो भए तपाईंकामा बसे पनि होला नि? कोठाहरू खाली छन्?’

‘कोठाहरू त खाली छन्, तपाईँहरू मोनालिसा जानुहुन्छ भने पनि राम्रै छ।’

‘तपाईंको यति भव्य रहेछ, किन उतासम्म जानु, तपाईंकोमा नै बसुँ हुन्न?’

nimb
nimb
Ncell 2
Ncell 2

‘हुन्छ, हुन त। बहिनीकामा एट्याच बाथरुम बनिसकेको छैन। हाम्रामा भने तातो चिसो पानी, एट्याच बाथरुम सबै छ।’

बोलेरोबाट ओर्लेर अगाडि जानेबित्तिकै लोमन्थाङ बजारको बाहिरी भागमा पुग्यौँ, हामी। बायाँपट्टि होटलको लहर छ, दायाँपट्टि हरिया र अग्ला रुखहरू हल्लिइरहेछन्, बीचमा सडक र सडक छेउको कुलोमा सुलुल्ल बगिरहेछ, कञ्चन पानी। त्यहीँ हिँडिरहेका भेटिए दुई बहिनी–एउटी तीन दशक र अर्की दुई दशक उमेर पार गरेका।

सफा कोठा, सजिला र सुन्दर शौचालय, खानपानलाई सजिलो, सुशील साहुनी बहिनी। यत्ति बुझेपछि होटल मिस्टिकमै बस्ने भयौँ।

धुलोले घट्टको भित्तो बनेको छ, शरीर। शिरदेखि पाउसम्मको पहिरन जता हल्लिए पनि झर्छ, बुर्बुरी धुलो। गन्ध त त्यति छैन, तर कुनबेला फुकालेर फालूँ झैँ सिकसिको लागिरहेछ धुसरित कपडाहरू।

‘बहिनी, हामी नुहाइहाल्छौँ, खाजाका लागि फापरको रोटी बनाइदिनुहोस् न है,’ कोठामा छिर्नुअगावै होटलकी साहुनी बहिनी कर्चुङ लामालाई भनेको कुरा। 

असाध्यै शान्त, शालीन र सभ्य देखिनुहुन्छ, कर्चुङ बहिनी। एक शब्द पनि खेर नजाने मिठो बोली छ, उहाँको। थोरै समयमा पनि लामो समयपछि भेटिएका दाजु बहिनीबीच मायाको मेहरो बढे जस्तो भइरहेछ। मलाई त झन् मान्छे भेट्नै हुन्न, फुटिहाल्छ मायाको मूल। बहिनीमा कुनै कृत्रिमता छैन, सबै सहज देखिन्छ। ग्राहक भेटेपछि जसरी पनि कमाइहालौं भन्ने भावना पनि देखिएन। लामो समयको प्रतीक्षित पाहुना बल्ल घर पसेजस्तो खुसी बन्नुभयो, बहिनी। शरीरको ख्याल राख्ने, खानामा मिठास भर्ने र आराम कक्ष उचित होस् भन्नेमा दत्तचित्त असाध्यै देखियो, कर्चुङ बहिनीमा। मिठो बोलीमा लट्पट्याएर खल्ती झर्‍यामझुरुम पार्ने बानी नेपालका कयौँ होटल व्यवसायीमा पाइन्छ। कर्चुङ बहिनीमा त त्यस्तो भावना शून्य। साँच्चै आफन्तका घरमा पुगे झैँ भएको छ, हामीलाई। उनको मिजासले नै आधा थकाइ मर्‍यो।

लोमन्थाङमा लेखक डा.दामोदर पुडासैनी ‘किशोर’।

‘तपाईंहरू तलबाट भर्खर आइपुग्नुभएको छ, अल्टिच्युट लाग्छ कि, झ्वाट्ट ननुहाउनु बेस्।’

‘ज्यान धुलित भएको छ, म त जे भए पनि नुहाउँछु,’ मित्र छिरिहाल्नुभयो बाथरुममा।

‘पाँच हजार फिटभन्दा माथिल्लो उचाइका धेरै ठाउँमा पुगेको छु म,’ मैले भनेँ।

‘त्यसो हो भने त लेक लाग्दैन होला सरलाई, लोमन्थाङ त दुई हजार आठ सय चालिस मिटर उचाइमा त रहेको छ नि,’ नुहाउने स्वीकृति बहिनीबाट पाउनेबित्तिकै मज्जाले तातोपानीमा डुबेँ म पनि।

भाँगाको अचार र महसँग फापरको रोटी खाएपछि ज्यान ताजा भएको छ। अझ एकेक बाउल लसुनको सुप तन्काएपछि बाहिरको चिसो हावा हुतिहारा बनेको छ, हाम्रो सामु।

साँझ झप्किन अझै दुई घण्टा जति बाँकी छ। नौलो प्रदेशमा निमेष खेर फाल्न हुँदैन भन्ने पक्षमा छु, म। साथीहरूको पनि एकै मतो छ।

हामी बाहिरिन्छौँ होटलबाट। लोमन्थाङ लजालु बनेकी छे। वरिपरिका डाँडाहरूमा बादल ओडेर नियालिरहिछे हामीजस्ता पर्यटकहरूलाई। दुई सय तीस मिटर लम्बाइ र एक सय पचास मिटर चौडाइमा फैलिएकी छे, ऊ।

सम्पूर्ण जगत् नौलो बनेर उभिएको छ, लोमन्थाङमा। रुख र घाँसविहीन थुम्क्याइला पहाडहरू छन्, आँखाको डिसले भ्याएसम्म। माझमा हरिया रुखहरू हुर्काएर तिब्बती शैलीका घरहरूमा बाँचिरहेछ, लोमन्थाङ। वरिपरिका पहेँला पहाडहरू आफैँमा बुद्ध स्तुप जस्ता देखिन्छन्। प्रकृतिले नै चैत्यहरूको जङ्गल बनाइदिए झैँ लाग्छ, लोमन्थाङमा। ती प्राकृतिक चैत्यहरूमा बौद्ध थाङ्का जीवित बने झैँ देखिन्छन्। जीवन र जगत्को अर्थ दिने करोडौँ चित्रहरूको प्रदर्शनी भइरहे झैँ लाग्दछ। अमूर्त चित्रहरू, मूर्त चित्रहरू, पाषाण मूर्तिहरू सबै सबै जीवित छन्, हरेक चट्टाने पहाडहरूमा। तिनै प्राकृतिक मूर्ति र चित्रहरू देखेर सिर्जना कोर्न थाल्यो होला सायद मान्छेले।

शहर घुम्दाघुम्दै नोटबुकमा एउटा कविता लेखेँ, मैले।
        
पहेंलो सहर

हिउँ ओडेर
आगो जोगाइरहेछु मैले
आगोका भर्भराउँदा फिलिङ्गाहरू
र, हिउँका हुरीहरू बीच
यार्तोङ चलिरहेछ युगौंयुगदेखि

मैले इतिहास बकिरहेको बेला
तिमी धनु बाण झिकेर
तारो हान्न खोज्दैछौ मेरा आँखाहरूमा
घाइते सर्पहरू 
मार्चुङ नदीबाट ओरालो झरेको हेरेर
निमको सर्वत पिउँदै 
नापिरहेछु आफ्नो स्पर्शका सीमानाहरूलाई

पर्खाल होइन
पुल निर्माणको तयारीमा छन् हिमालहरू
ॐ मणि पद्मे हुँ जपेर माला गन्दैमा 
कहाँ आउँछन् र अब शान्तिका किरणहरू
कङ्काल घरलाई प्रतिस्थापन गर्नु छ मैले
पहेंला पहाडहरूमा तिम्रा पाइतालाहरू फिँजाउँदै

यतिबेला 
आमन्त्रण गर्दैछु म 
चारै दिशाका समय उचाल्ने घोडाहरूलाई 
र, आमन्त्रण गर्दैछु 
मेरो रूपलाई 
अझ पहेंलो आकृतिमा बदल्न सक्ने कलाकारलाई 

दिनहुँ आउने घाम 
र बेला बेलामा आउने जूनलाई 
मेरै गर्भमा गर्भाधान गर्न खोज्दैछु म
 
अब आउने बिहानमा 
प्रत्येक मान्छेका सन्तापको 
ज्वालामुखी निभाएर 
उठ्ने छन् हिमालहरू पनि 
फुक्का  मन जत्तिकै पहेंलो रङ्गमा 

‘ध्यानमा डुब्छु भन्नेले लोमन्थाङ नै नपुगी कसरी पाउला र समाधि? जीवनलाई प्राकृतिक रङमा घुलाउँछु भन्नेले लोमन्थाङको प्रकृति, कृति र संस्कृति नबुझे कहाँ पूर्ण होला र उसको लक्ष्य? हिउँको भुवा पखेटाभरि बोकेर शीतल सिरेटोमा क्षितिजसम्म नूतन वाणी घन्काउने चराका रङहरू नियाल्न जानै पर्छ, लोमन्थाङ। थाकलका काँडाहरू चपाउँदै चउरभरि शक्ति प्रदर्शन गरिरहेका घोडाहरू, सारा डाँडाकाँडा नै चलायमान भान पार्ने भेडाका बथान, कि काम कि शान्तिको खोजीमा जुटिरहने सिधासाधा लोमन्थाङवासीहरू, मरुभूमि तर धर्तिको बेग्लै महक बोकेका चुचुराहरू, सूर्यलाई सधैँ बाजी राखेर जिस्क्याउने हिमचुचुराहरू। ती सबैको पारख गर्न पुग्नुपर्‍यो लोमन्थाङ। अझ घोडाको बललाई थिचेर आफ्नो काबुमा ल्याउँदै विजयका ध्वजा फहराउने यार्तोङ पर्व र तिब्बती जनजीवन नजिकबाट नियाल्न पनि पुग्नै पर्ने लोमन्थाङ। त्यही लोमन्थाङसँग बास माग्न गएका छौँ, हामी। 

बाँचेपछि कहाँ–कहाँ पुगिन्छ बास माग्न, कहाँ–कहाँ बिताइन्छ रात र भेटिन्छ को–कोसँग, त्यसैमा पो छ, जिन्दगीको रमाइलो र सार्थकता। नयाँ समय, नयाँ ठाउँ र नयाँ मान्छेसँग बास माग्दा कौतुहलताहरू कल्लोल बनेर ब्युँतिदा रहेछन्। हाम्रै मिस्टिक होटलको बगैँचामा चल्मलाइरहेको बैंसको हाँगाभित्र एक जोडी ढुक्कुर चुच्चो जुधाउँदै बासको व्यर्थता बिर्सँदैछन्। हामी बलवान् समयलाई कोल्टे फेराउन खोज्दैछौँ एक रातको बासमा।

लोमन्थाङ।

जोमसोमदेखि लोमन्थाङसम्मको क्षेत्र नै हो, उपल्लो मुस्ताङ। जोमसोमदेखि लोमन्थाङको दूरी ५० किलोमिटर नापिएको छ, तर पैदल नाप्ने हो भने पाँच दिन लाग्छ। नाङ्गो भएर नवीन हुनु, केही नदेखिएर पनि धेरै थोक भेटिनु विशेषता नै हो, उपल्लो मुस्ताङको। नीलगिरि र अन्नपूर्ण मात्र होइन हिँड्दाहिँड्दै ८,१६७ मिटर अग्लो धौलागिरि र ८,०९१ मिटर अग्लो अन्नपूर्णले पनि आँखा झिम्क्याउन थालेपछि कुन मान्छे होला र मोहित नबन्ने? अझ छ हजार मिटरभन्दा बढी उचाइका पैँतिसभन्दा धेरै हिमशृङ्खलाहरू त्यतै भेट्दा हिमाल बुझ्ने, खोज्ने र जान्ने सबैका लागि सर्वप्रिय स्थल बनेको छ, उपल्लो मुस्ताङ।

गृष्म र वर्षा ऋतु नै हो रहेछ, उपल्लो मुस्ताङ घुम्ने उत्तम समय। अघिपछि त हिँउको हरकले टिक्न गारै पर्छ, जोसुकैलाई। तीन दिनअघि असारे भेलमा काठमाडौँ छोड्दा हाफ सर्टमै गर्मीको हपहपी थेग्न गारो थियो। मुस्ताङतिर जाडोले लुगलुग काँप्न थाल्यो, ज्याकेट पनि। मान्छेहरू ऊनका बाक्ला बख्खु, दोचा, ज्याकेट र पाइन्टमा हिँडिरहेछन्। वर्षा ऋतुमा त मुटु कमाउने जाडो छ भने हिँउदमा किन नछोडुन् मुस्ताङबासीले आफ्ना घरबास र सुइँकुच्चा नठोकुन् पोखरा, काठमाडौँ र दक्षिणी मित्रराष्ट्रतिर।

मिस्टिक होटलबाट अलिकति पूर्व लागेर पश्चिमपट्टि मोडिएका छौँ, हामी। लोमन्थाङको मुख्य बजार सुरु भएको छ, त्यतैबाट। ढुङ्गाको जोडाइ, माटाको लिउन वा माटाको जोडाइ माटाकै लिउन लगाएको र माटाले नै छाना छाइएका घरहरू छन्। घरहरू प्रायः सेतै छन्, हिउँरङ्गे। कि छन् सिम्रिक रङ्गमा उज्यालिएका। बुर्जा, बार्दली, झ्याल, ढोकाहरू भने रातो, पहेँलो र निक्खरा मखमली रङ्गले सजाइएको छ। छानाहरूमा दाउरे चट्टानका लहरहरू, डढेलोले झम्टेको झाडीको झलक दिन्छ। पुरानो सहरवरिपरि छिटफुट रूपमा सिमेन्ट, छड, ढुङ्गाका घरहरू निर्माण हुन लागेको देख्दा लोमन्थाङले आफ्नो परम्परागत स्वरूपलाई बिस्तारै त्याग्न खोजे झैँ लाग्दछ।

वरिपरिका डाँडाहरूबाट कुहिरो झर्दैछ, लोमन्थाङ बजारतिरै। कुहिरोका थोपा झैँ मसिना जलविन्दु भुसभुसाउँदैछन्। त्यसैलाई पानी परेको भनेर खुसी मान्दैछन्, लोमन्थाङवासीहरू। हिउँबाहेक पानी नपर्ने लोमन्थाङमा पानी मात्र फुसफुसायो भने निकै रमाउँदा रहेछन्, मान्छेहरू।

साँच्चै शान्त छ र सुन्दर लाग्छ लोमन्थाङ। वरिपरिका डाँडाहरूबाट कुहिरो झर्दैछ, लोमन्थाङ बजारतिरै। कुहिरोका थोपा झैँ मसिना जलविन्दु भुसभुसाउँदैछन्। त्यसैलाई पानी परेको भनेर खुसी मान्दैछन्, लोमन्थाङवासीहरू। हिउँबाहेक पानी नपर्ने लोमन्थाङमा पानी मात्र फुसफुसायो भने निकै रमाउँदा रहेछन्, मान्छेहरू। भाइ बहिनी पिठ्युँमा बोकेका केटाकेटीहरू सडक छेउकै छोर्तेनहरूमा लुकामारी खेल्दै, माने घुमाउँदै, सिमसिमे पानीमा सेब्रु नाचिरहेका देखिए। ऊन नै ऊनका भुत्लामा बेरिएका तिनीहरूमा तिनै भुत्लाले दुःख छिर्न नदिए झैँ लाग्दैथ्यो।

पसलहरू सडकका दुवै किनारमा छन्। सिसाका झ्याल ढोकाले बन्द छन्, सबै। एउटा पसलमा भित्रिन्छौँ, हामी। केरुङ, खाडीचौर, बाह्रबिसे अथवा खासाका पसलहरूमा छिरेको भान हुन्छ। पसलभरि चिनियाँ सरसामान मात्र छन्। तीन जना बहिनी चिनियाँ रक्सी किन्दैछन्।

‘यसको कति पर्छ?’ चिनियाँ बियरको मूल्य सोध्नुहुन्छ मित्र।

‘पचपन्न रुपियाँ।’

‘यो मिनरल वाटरको नि?’

‘पचास रुपियाँ,’

‘अनि, यो वाइनको?’

‘एक सय पैँतालिस रुपियाँ।’

पानीभन्दा बियर, वाइन र रक्सी सस्तो रहेछ, लोमन्थाङमा। अन्न र सागपात भने महँगो नै रहेछ।

‘पानीको सट्टा, मस्तसँग बियर पिउन पर्ने रहेछ यतातिर,’ मित्रको जिब्रो फट्कारियो।

‘सस्तो पाउँदैमा बियरले नुहाउनुभएन। ‘सस्तो बेसाहा पेट लागि मर’ हुन बेर लाग्दैन क्या। यो उचाइमा अल्कोहल विष बराबर बन्न सक्छ’ सम्झाउँछु म।

माटाको सहर रहेछ, लोमन्थाङ। पहाडको बिचमा पहाडजस्तै माटे घरहरू गुचुमुच्च छन्। घरहरू अग्ला–अग्ला पनि छन्, तर झ्यालहरू असाध्यै थोरै। भए पनि सारै साना आकारका। घरको मध्यभागमा चोक बनाउने र त्यहाँ छानामा पारदर्शी जस्ता राखेर घाम र उज्यालो पस्ने प्रबन्ध मिलाइएको हुँदोरहेछ। घर–घरको बीचमा सारै साना गोरेटाहरू छन्। घरका बीच–बीचमा स–साना चोकहरू छन्। सहरको बनावट हेर्दा सहरभित्र हुरी, बतास र शत्रुहरू सजिलै प्रवेश नपाउन् भन्ने अभिप्रायले घर गरेको छ।  

‘नमस्कार,’ दुई मित्रहरूले हाम्रो ध्यान तान्न खोज्नुभयो। लोमन्थाङ पुस्तकालय अघिल्तिर पेटीमा उभिइरहनु भएको रहेछ, मित्रहरू। उहाँहरूमध्ये एक हुनुहुँदो रहेछ, स्थानीय वाङ्दी र अर्का हुनुहुँदो रहेछ, पर्वतका बोधराज पौडेल।

‘वाङ्दी भनेपछि त खम्पाकाण्ड सम्झिएँ नि मैले,’ खम्पाकाण्डबारे केही भनुन् वाङ्दीले भन्ने अपेक्षा राखेँ, मैले।

‘म देश टुक्रयाउन खोज्ने गे वाङ्दी होइन, सच्चा नेपालभक्त वाङ्दी हुँ, बुझ्नु भो!’ नेपाल प्रेमको जोसिलो रङ्ग देखियो वाङ्दीमा।

‘के हो खम्पाकाण्ड भनेको?’ उत्सुक बन्नुभयो मित्र।

‘खम्पाहरू ओलाङचुङगोलादेखि रसुवा, मुस्ताङ र दार्चुलाको व्यास उपत्यकासम्म युद्ध मनस्थितिमा फैलिएका थिए। उनीहरू नेपालको उत्तरी सीमा क्षेत्र कब्जा गरी मुस्ताङमा अराजक र अवैध शासन गर्न तथा चीनमाथि गुरिल्ला आक्रमण गर्न तम्सेका थिए। उनीहरूले घमी, कागबेनी, छुक्साङ, घिलिङ, चराङ जस्ता ठाउँमा क्याम्प निर्माण गरेका थिए। खम्पाहरू खाम निवासी थिए। तिनीहरू सुरा थिए। धर्मको नाममा सोझा जनतालाई ठगठाग गर्थे र थोरैतिनो गुम्बालाई पनि बुझाइदिन्थे। चीन विरुद्ध तिनैलाई उक्साइयो। चीनलाई त्यो सह्य थिएन। हातहतियार बुझाएर आत्मसमर्पण गर्न नेपाल सरकारले खम्पाहरूलाई आदेश जारी गर्‍यो। दलाइ लामा मुस्ताङलाई नेपालबाट अलग बनाएर चीन विरुद्ध आक्रमण गर्न चाहन्छन् भन्ने हल्ला व्यापक भयो। तोकिएको म्यादमा खम्पाहरूले हतियार बुझाएर आत्मसमर्पण नगरेपछि नेपाली सेनाले खम्पाक्याम्पमा आक्रमण गर्दै हतियार सङ्कलन गर्‍यो र केही खम्पा लडाकुहरूलाई पक्रियो। विक्रम सम्वत् २०३१ सालमा दार्चुलाको टिङ्कर क्षेत्रमा नेपाली सेनाले खम्पा नाइके गे वाङ्दीलाई मार्‍यो। त्यसपछि मुस्ताङ क्षेत्रमा शान्ति छायो।’ खम्पा काण्डबारे जानेका कुरा बताएँ मैले।

‘देश टुक्रयाउन खोज्नेहरू राम्रो कालगतिले मर्दैनन्। उनीहरूको अन्त्य निकै दुःखपूर्ण हुन्छ। बाउन्न सालपछि देशमा द्वन्द्व फैलिँदा लोमन्थाङमा त्यसको सानो झिल्को छिर्न दिएनौँ हामीहरूले। शरीरको एक अङ्गमा चोट पर्‍यो भने अर्को अङ्गलाई वेदना पर्दोरहेछ। नारायणहिटीमा राजाको सिंहासनबाट ज्ञानेन्द्र खस्दा मुस्ताङी राजाको पद गयो। हाम्रा मुस्ताङे राजा प्यारा छन्, हाम्रा लागि। उनी राजाकै रूपमा रहन्छन्, मुस्ताङेहरूको मनमा।’ मुस्ताङेहरूको मनको कुरा बताए वाङ्दीले।  

वाङ्दी त्यतै बस्नुभयो। हामी घुस्दैछौँ बजारको भित्र–भित्र। हामीसँग अघि बढ्नुभएको छ, पौडेलजी। साँघुरा चोकहरूमा ढुङ्गा बिछ्याइएका छन्। कि घरहरू, कि बौद्ध चैत्य र छोर्तेनहरू मात्र भेटिन्छन्, सहरभरि।

‘ओ, दिस इज लिटिल टिबेट,’ (ओहो, यो सानो तिब्बत हो) हाम्रो विपरीत दिशाबाट आइरहेका दुई विदेशी पर्यटकले गरेको कुराकानी घुस्छ, हाम्रो कानमा।

‘धर्म, भाषा, रहनसहन, भेषभुषा, संस्कृति, संस्कार, हावापानी, भूगोल, सबै तिब्बतसँग मिल्ने भएकाले ‘स्यानो तिब्बत’ भनिँदो रहेछ, लोमन्थाङलाई। मान्छेको अनुहार तिब्बतीसँग मिल्दोजुल्दो छ, बिहेवारी र लेनदेन पनि तिब्बतीसँग राम्रैसँग चलेको बताउनुभएथ्यो, वाङ्दीले। 

भूगोलले जोडेपछि, भावना र संस्कारले स्पर्श गरेपछि कहाँ टाढिन सक्तछ र मान्छे?

प्रकाशित मिति: शनिबार, साउन २३, २०७८  ०७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
सरकारले हरेक दिन एक जना नेपालीलाई लखपति बनाउने
माकालबारीमा युवतीले गरिन् आत्मदाह प्रयास, , ५० प्रतिशत जलन
विश्वकप लिग-२: आज नामिबियासँग भिड्दै नेपाल
सम्बन्धित सामग्री
भानुभक्त आचार्य र उनको मुद्दा : यथार्थ एकातिर, लेखाइ अर्कातिर तर, उनको कारावासको कारणबारेमा भने कानूनकै आदर्शमा धक्का लाग्ने गरी मिथकहरू रचिएका छन्। लेखिएको मात्र कहाँ हो र? मिथकलाई नै मलजल गरेर... शनिबार, साउन ७, २०७९
‘जेल जर्नल’मा बीपीले अन्तर्राष्ट्रिय शक्तिबाट पाएको धोका लेखेका छन् सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक डा. निश्चलनाथ पाण्डे भू–राजनीति र कूटनीतिक मामिलाका ज्ञाता हुन्। उनी परराष्ट्र मामिला र भू–रा... शनिबार, असार ३२, २०७९
लेग स्पिनका रोलमोडल: जसले भारत र अष्ट्रेलियाबाट क्रिकेट खेल्ने प्रस्ताव अस्वीकार गरे मोरङमा जन्मिएका राजकुमार सानैदेखि खेलकुदप्रेमी थिए। उनी कराँते र फुटबलमा मात्रै होइन वेट लिफ्टिङमा पनि उत्तिकै अब्बल थिए। प्रशिक्षकह... शनिबार, असार २५, २०७९
ताजा समाचारसबै
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान मंगलबार, साउन ५, २०८३
सरकारले हरेक दिन एक जना नेपालीलाई लखपति बनाउने मंगलबार, साउन ५, २०८३
माकालबारीमा युवतीले गरिन् आत्मदाह प्रयास, , ५० प्रतिशत जलन मंगलबार, साउन ५, २०८३
विश्वकप लिग-२: आज नामिबियासँग भिड्दै नेपाल मंगलबार, साउन ५, २०८३
४०० स्थानीय तहको रोकियो जग्गा कित्ताकाट सोमबार, साउन ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
४०० स्थानीय तहको रोकियो जग्गा कित्ताकाट सोमबार, साउन ४, २०८३
शेयर बजार उकास्‍न प्रधानमन्त्रीलाई मार्जिन लेन्डिङदेखि कर सुधारसम्मका सुझाव सोमबार, साउन ४, २०८३
बेलायतका प्रधानमन्त्री स्टार्मरले दिए राजीनामा सोमबार, साउन ४, २०८३
अनलाइन सट्टेबाजी गरेको अभियोगमा काठमाडौँबाट चार जना पक्राउ सोमबार, साउन ४, २०८३
सरकारले यो वर्ष नयाँ कर्मचारी भर्ना नगर्ने सोमबार, साउन ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इंग्ल्यान्डमाथि पुनरागमन जित निकाल्दै अर्जेन्टिना फाइनलमा प्रवेश बिहीबार, असार ३२, २०८३
विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण आइतबार, साउन ३, २०८३
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
सम्पत्ति छानबिन आयोगविरुद्ध अवहेलना मुद्दा, सर्वोच्चले दियो अन्तरिम आदेश बुधबार, असार ३१, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय मंगलबार, असार ३०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्