• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

ओलीले नै ‘च्याप्टर क्लोज’ भनेपछि एमाले एकता धरापमा

64x64
रामेश्वर बोहरा बिहीबार, साउन २१, २०७८  ११:२८
1140x725

काठमाडौं- नेकपा एमालेभित्रको संकट पार लगाउन भन्दै तीन दिनअघि मात्र दुवैपक्षले संघर्ष विरामको संकेत देखाएका थिए। विघटित एकता कार्यदलका सदस्यहरु सक्रिय बनेपछि एकता प्रतिकूल हुनेगरी गर्माएको माहोल एकाएक नरम बनेको थियो। अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच नै भेटको चाँजोपाँजो मिलिसकेको समेत नेताहरुले बताएका थिए।

त्यस दिन ओलीपक्षले एमाले केन्द्रीय कमिटीको बैठक गरेको थियो भने नेपालपक्षले आफूपक्षीय स्थायी कमिटीका सदस्यहरुको बैठक गरेको थियो। यतिसम्म कि नेपालपक्षले एकतामा प्रतिकूल असर पर्नेगरी कुनै अभिव्यक्ति नदिन नेताहरुलाई भनेको थियो। ओलीपक्षका नेता सुवासचन्द्र नेम्वाङले त केन्द्रीय कमिटीको बैठकलगत्तै, भोलिपल्टै ओली र नेपालबीच भेट हुने जानकारी पत्रकारहरुलाई गराएका थिए।

तर, भोलिपल्ट परिस्थिति अर्कै दिशामा मोडियो। त्यही ‘परिस्थिति’ले नेपालपक्ष केन्द्रीय कमिटीका सदस्यहरुको बैठक बोलाउने निर्णयमा पुग्यो। नेपालपक्षले बिहीबार आफ्ना केन्द्रीय सदस्यहरुको बैठक बोलाएको छ। त्यसभन्दा पहिले स्थायी कमिटीका सदस्यहरुको बैठक बस्दैछ। नेपालपक्षले यो बैठक बोलाएलगत्तै ओलीपक्षले कारबाहीको चेतावनी दिएको छ। एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बुधबार साँझ विज्ञप्तिमार्फत् नै नेपालपक्षले बोलाएको बैठक विधानविपरीत रहेको भन्दै अप्रत्यक्ष रुपमा कारबाहीको चेतावनी दिएका छन्।

जब ओलीले भने- ‘च्याप्टर क्लोज’

एमालेमा १० बुँदे सहमतिको प्रस्ताव तयार पारेपछि विघटन भएको एकता कार्यदलका दुवैतर्फका सदस्यहरु विघटनपछि फेरि सक्रिय बनेर शीर्ष नेताहरुलाई एकताको प्रयासमा फर्कन दबाब बढाए। प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको घटनापछि झनै बिथोलिएको माहोललाई उनीहरुकै दबाबले केही साम्य पारेको थियो। त्यही दबाबकै परिणाम एमालेको संकट व्यवस्थापनका लागि संयुक्त अध्यक्षको विषय छलफलमा आएको थियो।

विघटित कार्यदलका सदस्यमध्ये ओलीतर्फका विष्णुप्रसाद पौडेल र सुवास नेम्वाङ तथा नेपालतर्फका भीम रावल र सुरेन्द्र पाण्डे यसबीचमा सक्रिय बने। उनीहरुले नै ओली र नेपाललाई भेट्न समेत राजी बनाए। त्यसकै तयारीका लागि गत सोमबार साँझ चारै जना नेता अध्यक्ष ओलीलाई भेट्न गए। तर, त्यो भेट नै अनपेक्षित हुनपुग्यो।

त्यही भेट थियो, जहाँबाट माधवकुमार नेपाललाई समान तहको अध्यक्ष बनाएर पार्टी एक बनाउने आफ्नै प्रस्तावबाट एमाले अध्यक्ष ओली पछि हटे। त्यो भेटमा ओलीले भने, ‘अब यसको औचित्य सकियो, यो च्याप्टर क्लोज भयो।’

र, यसपछि नै कार्यदलका चार सदस्यबाट चलिरहेको एकता प्रयास धरापमा परेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

एकता कार्यदलले तयार पारेको १० बुँदे सहमतिमा नेपाल पूर्णतः सहमत नभएपछि एमालेमा नेपाललाई मनाउने अर्को प्रयास अघि बढेको थियो। त्यो प्रयास ओलीबाटै भएको थियो। त्यो थियो, ३ जेठ २०७५ मा एमाले र माओवादीबीचको एकताबाट नेकपा गठन हुँदाकै जस्तो संयुक्त अध्यक्ष बनाउने प्रस्ताव। ‘यो प्रस्ताव केपी कमरेडले नै गर्नुभएको हो, केपी ओली र प्रचण्डलाई अध्यक्ष बनाउने जुन निर्णय हामीले ३ जेठ २०७५ मा गरेका थियौं, त्यसैगरी गरौं न त भनेर केपी कमरेडले नै प्रस्ताव अघि सार्नुभएको हो’, पछिल्लो समय एमाले एकताका निम्ति सक्रिय एक नेताले भने, ‘हामीले यो प्रस्ताव माधव कमरेडलाई गएर सुनायौं। उहाँले त्यसलाई इन्कार गर्नुभयो। तैपनि तपाईं चुप बसिदिनुस् भनेर उहाँलाई मनायौं। हामीलाई आशा थियो, केपी कमरेड पावर सेयरिङमा आउनुहुनेछ।’

त्यसलगत्तैको केन्द्रीय कमिटी बैठकमा नै ओलीले यो कुरा उठाएका थिए। उनले नेपाललाई दोस्रो अध्यक्ष दिन आफू तयार रहेको बताए पनि नेपालले स्वीकार नगरेको बताएका थिए।

त्यसपछि पनि विघटित कार्यदलका चार जना सदस्यले एकताको प्रयत्न गरेर परिस्थिति बिग्रन दिएका थिएनन्। तर, सोमबारको भेटमा ओलीले नै च्याप्टर क्लोज भनेपछि स्थिति अर्कै बनेको छ। ओलीले यस्तो भनेपछि सोमबार उनीसँग पौडेल र नेम्वाङको चर्काचर्की नै भएको थियो। त्यसक्रममा पौडेल र नेम्वाङले पार्टी एकताका लागि मिल्न थालेका कुरामा अड्को थाप्ने? भनेर ओलीकै सामुन्ने असन्तुष्टि पोखेको त्यो भेटमै सहभागी एक नेताले बताए। 

नेम्वाङले ओली र नेपालबीच भेट हुने वातावरण बनिसकेको भए पनि अहिले बिथोलिएको बताए। उनले बिहीबार नेपाल लाइभसँगको कुराकानीमा भने, ‘अस्ति दुई जना नेता भेट्ने स्थिति बनिसकेको थियो, अब त्यसमा समस्या आयो भनेर बुझ्नुपर्‍यो।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

ओलीले च्याप्टर क्लोज भनेको कुरा चाहिँ के थियो त? नेम्वाङले भने, ‘आफूले अध्यक्षको प्रस्ताव गरे पनि माधव कमरेडले नै अध्यक्ष चाहिन्न भनेर बाहिर बोलेकाले अब त्यसको औचित्य रहेन भन्ने केपी कमरेडको भनाइ थियो।’

विघटित कार्यदलका चार जना नेताहरुले गरेको प्रयासबाट नेपाल पनि आशावादी देखिएका थिए। त्यहीकारण उनले आफूनिकट स्थायी कमिटी सदस्यहरुको बैठकमा आफ्ना तीनवटा 'कन्सर्न' सुनाएका थिए। ती थिए- १० बुँदे सहमतिप्रति इमान्दारिता, संयुक्त अध्यक्ष र अध्यक्षले आलोपालो बैठकको अध्यक्षता तथा संयुक्त हस्ताक्षर गर्ने।

तर, ओली दुईजना अध्यक्ष हुने प्रस्तावबाटै पछि हटेपछि एमालेमा एकता प्रयास अघि बढ्न झन् कठिन बनेको छ। ओली र नेपाल दुवैलाई मनाउन सक्रिय चार नेतामध्ये एक सुरेन्द्र पाण्डेले पनि परिस्थिति बिग्रिएको स्वीकार गरे। एकताको माहोल खल्बलिएको हो? भन्ने नेपाल लाइभको प्रश्नमा उनले भने, ‘अलि त्यस्तै त्यस्तै भएको छ। तैपनि केही सम्भावना रहन्छन्, अझैं पनि हेरौं न।’

यही परिस्थितिबारे ब्रिफिङ सुनाउन नेपालले बिहीबारको केन्द्रीय सदस्यहरुको बैठक बोलाएका हुन्। उनले त्यहाँ सुनाउने ब्रिफिङले नै एमालेका भावी दिन र दशा तय गर्नेछन्।

‘एउटा कुरा निश्चित चाहिँ के हो भने अब केपी ओलीले नै समान अधिकारसहितको अध्यक्षका निम्ति आह्वान नगर्दासम्म पार्टी एकता सम्भव छैन’, नेपालनिकट एक नेताले भने, ‘केपी ओलीले त्यसो गर्नका लागि एकताबद्ध एमाले चाहिन्छ भनेर केपीको समूहभित्रैबाट विद्रोह हुनुपर्ने देखिन्छ। त्यो नभएमा अब एमाले एउटै रहन्छ भन्ने लाग्दैन।’

प्रकाशित मिति: बिहीबार, साउन २१, २०७८  ११:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रामेश्वर बोहरा
बोहरा नेपाल लाइभका सम्पादक हुन्।
लेखकबाट थप
लोभ–डर–लोकरिझ्याइँ जितेका प्राज्ञको गुमनाम महाप्रस्थान
के नेपालका पार्टीहरु मर्दैछन्? (भाग ३)
के नेपालका पार्टीहरु मर्दैछन्? (भाग २)
सम्बन्धित सामग्री
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई पत्र पठाउँदै कांग्रेसले यस्तो प्रतिबद्धता जनाएको हो । सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल केही सञ्चारमाध्यमसँग कुराकानी गर्दै  मन्त्री रावलले सरकारले दीर्घकालीन महत्त्व राख्ने गरी निजामती कर्मचारीसम्बन्धी कानुन निर्माण गर्... सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन उक्त अडियोमा एक महिला पूर्वसांसदलाई लक्षित गरी आपत्तिजनक टिप्पणी र धम्कीपूर्ण भाषा प्रयोग गरिएको सुनिएको छ। सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ सोमबार, असोज २६, २०८३
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्