काठमाडौं- धनगढी उपमहानगरपालिका- १ स्थित सशस्त्र प्रहरी बल नम्बर ३४ हेडक्वाटर कैलालीमा कार्यरत एक जवान मृत अवस्थामा फेला परेका छन्।
बुधबार बिहान हेडक्वाटर परिसरमा डडेल्धुराको भागेश्वर गाउँपालिका- १ घर भएका ३१ वर्षीय सशस्त्र प्रहरी जवान हरिषकुमार शाही मृत अवस्थामा फेला परेका हुन्।
कार्यालयको परिसर भित्र उत्तर पट्टीको कम्पाउण्ड नजिक पानी जमेको स्थानमा घोप्टो अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
प्रहरीले घटनास्थल र जाँच मुचुल्कालगायतका कार्य पुरा गरी शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा पठाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।