काठमाडौं– प्रहरी नायव निरीक्षक (सई)बाट प्रहरी निरीक्षक (इन्सपेक्टर)मा बढुवा सिफारिस भएका ९८ जनाको पदस्थापन गरिएको छ।
प्रहरी प्रधान कार्यालयले साउन ७ गते गरेको सिफारिसानुसार साउन १४ गृह मन्त्रालयको सचिवस्तरको निर्णयबाट ९८ जना सईलाई इन्सपेक्टरमा बढुवा गरिएको थियो।
इन्सपेक्टरमा बढुवा भएका ९८ जनालाई प्रहरी प्रधान कार्यालयले विभिन्न ठाउँ (क्षेत्र)मा पदस्थापन गरेको हो।
प्रहरी प्रधान कार्यालयले गरेको सिफारिस विवादमा परे पनि गृहसचिवले सोही सिफारिस सदर गर्दै ९८ जना सईलाई इन्सपेक्टरमा बढुवा गर्ने निर्णय गरेका हुन्।
सईबाट इन्सपेक्टरमा बढुवा सिफारिस हुँदा वरिष्ठता मिचिएको भन्दै प्रहरी कर्मचारीले नै असन्तुष्ट व्यक्त गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।