काठमाडौं- लुइस भान गाल पुन: नेदरल्याण्ड्स फुटबल टोलीमा फर्किएका छन्। डच फुटबल संघले बुधबार उनलाई सन् २०२२ सम्मको लागि मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो।
युरोकप २०२० को खन्तिम १६ मा चेक रिपब्लिकसँग पराजित हुँदै बाहिरिएपछि इच प्रशिक्षक फान्क डे बोरले राजीनामा दिएका थिए। उनको स्थानमा गाल आइपुगेका हुन्।
गाल डच फुटबलको सफल प्रशिक्षक हुन्। सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा उनको प्रशिक्षणमा रहेको डच टोलीले तेस्रो स्थान बनाएको थियो।
त्योभन्दा अगाडी २००० मा पनि उनले डच टोली सम्हालेका थिए। तर, २००२ मा टोलीले सोचेको सफलता प्राप्त नगरेपछि उनले राजीनामा दिएका थिए।
गालले बार्सिलोना, म्यानचेस्टर युनाइटेड, बार्यन म्युनिख र आयाक्सलगायत क्लबमा प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।