काठमाडौं- कुनै समय निकै चर्चा कमाउन सफल गायक नविन के भट्टराईको नयाँ गीत सार्वजनिक भएको छ। भट्टराईको 'सम्झिरहन्छु' बोलको गीत सार्वजनिक भएको हो ।
यो गीतमा नविन आफैंले संगीत भरेका छन् र संगीत संयोजन पनि उनकै छ।
एकै प्रकारका गीत मात्रै गाउने आरोप लागेका उनले यो गीतमा भने केही फरक गर्ने कोशिस गरेको बताएका छन्।
गीतसँगै यसको म्युजिक भिडियो पनि सार्वजनिक भएको छ। भिडियोको छायांकन पक्ष निकै सुन्दर छ। भिडियोको छायांकन सौरभ लामाले गरेका हुन्।
भिडियोमा नायिका वर्षा शिवाकोटी र राज कटुवालको अभिनय हेर्न सकिन्छ। मनोरञ्जन क्षेत्रमा काम गर्ने एक कलाकारले आफ्नो प्रेमीलाई समय दिन नसक्दाको अवस्थालाई भिडियोमा चित्रण गरिएको छ। भिडियोको निर्देशन नविना भट्टराईले गरेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।