काठमाडाैं– झापाकाे गौरादह नगरपालिका –१ बाट लागु औषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन्। लागु औषधसिहत ३७ वर्षीय कृष्णकुमार ताजपुरियाल पक्राउ परेकाे प्रहरीले जनाएकाे छ।
मंगलबार दिउँसो ३ बजे इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले मे ७ प ६७६७ नम्बरको मोटरसाइकलमा सवार ताजपुरियालाई चेकजाँच गर्दा लागूऔषध ब्राउन सुगर ६ ग्राम फेला परेको थियो।
पक्राउ परेका ताजपुरियालाई सोधपुछ गर्दा उनले गौरादह–२ का ३९ वर्षीय सुमनकुमार कार्कीबाट खरिद गरेको भनी बयान दिएका थिए।
जानकारीपश्चात तत्कालै पुगेकाे प्रहरी टाेलीले कार्कीको घरकोठाबाट ३० ग्राम ब्राउन सुगर फेला पारेको छ। कार्की भने फरार रहेकाले खोजतालस भइरहेको प्रहरीले जनाएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।