काठमाडौं– जिल्ला प्रहरी कार्यालय जुम्लामा जबरजस्ती करणी मुद्दा दर्ता भई फरार रहेका प्रतिवादी पक्राउ परेका छन्।
जुम्लाको तिला गाँउपालिका–३ दानिवाडाका २० वर्षीय लक्की बुढालाई जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
टोलीले विशेष सुराकीको आधारमा जाजरकोटको बारेकोट गाउँपालिका–९ लामितराबाट पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका बुढालाई थप अनुसन्धानका लागि जुम्ला पठाइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।