काठमाडौं– जाजरकोटको जुनिचाँदे गाउँपालिका–२ का अध्यक्ष धनबहादुर नेपालीले स्थानीयलाई कुटपिट गरेका छन्।
वडा कार्यालय परिसरमै वडाध्यक्ष नेपालीले स्थानीय सर्पे नेपालीलाई कुटपिट गरेको भिडियो सार्वजनिक भएको छ।
वडा कार्यालयमा सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको समयमा मदिरा सेवन गरी आएका स्थानीय नेपालीले अपशब्द बोल्दै ढुंगा प्रहार गर्न थालेकाले नियन्त्रणमा लिने प्रयास गरिएको वडा कार्यालयले जनाएको छ।
घटनाबारे पुष्टि गर्दै प्रहरीले भने मदिरा सेवन गरी होहल्ला गरेकाले नियन्त्रणमा लिने क्रममा घटना भएको बताएको छ।
साउन १५ गते दिउँसोको घटना भएको बताउँदै प्रहरीले हालसम्म कुनै पक्षबाट उजुरी नआएको बताएको छ।
सम्बन्धित पक्षबाट उजुरी आएमा आवश्यक छानविन गरी दोषीमाथि कारबाही गरिने प्रहरी निरीक्षक खुमानन्द पाण्डेले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।