• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

अब यो सदनले मजदुर र किसानको पक्षमा ‘बिल’हरू देख्न पाउनुपर्छ

राम कार्की मंगलबार, साउन १९, २०७८  १६:०१
1140x725
फाइल तस्वीर।

अहिले जुन 'कोलिसन' सरकार बनेको छ। त्यसले साझा कार्यक्रम अगाडि ल्याउने चर्चा भइरहेको सन्दर्भमा म केही कुराहरू अगाडि राख्न चाहन्छु। बीसौं, पच्चीसौं वा तीसौं वर्षदेखि नेपालमा समाजवादका कुरा गर्ने कांग्रेस र कम्युनिस्टहरु संसद्‌मा छन्। सरकारमा छन्। तर, एकचोटी पनि यो देशका मजदुर र किसानहरुको जीवनमा परिवर्तन ल्याउने खालको एउटा पनि विधेयक अहिलेसम्म संसद्‌मा देखापरेको छैन। खालि सतही कुरा, अमूर्त कुराहरु मात्रै यहाँ आएका छन्।

आज विकास सम्बन्धी जुन बहस चलेको छ, विकास सम्बन्धी जुन अवधारणा छ, त्यो विल्कुल उल्टो छ। त्यो बिर्सना लायक छ। जबसम्म नेपाली नागरिकहरु स्वस्थ र शिक्षित बन्दैनन्, तबसम्म प्रगति भन्ने कुरा हावादारी गफ मात्रै हो। त्यसै हुनाले म यसमा सांसदहरुको र नेपाल सरकारको ध्यान तान्न चाहन्छु।

युनाइटेड प्रोभिन्स अफ हल्याण्डबाट सुरु भएको विश्व पुँजीवादी व्यवस्था आज यस्तो साँघुरो ठाउँमा पुगिसकेको छ कि यसको निम्ति विचरण गर्नलाई नयाँ भुगोल बाँकी छैन। यसले नयाँ सिस्टम विकास गर्न पनि नसक्ने स्थितिमा पुगेको छ। हामी देख्न सक्छौं, विश्व पुँजीवादी व्यवस्था सुरु हुनुभन्दा अगाडि संसारको सबैभन्दा धनी मुलुकहरु चीन र भारत थिए। आज पनि सम्पदाको हिसाबले उनीहरु संसारका सबैभन्दा धनी देशहरु हुन्। यस्तो धनको भण्डारको बीचमा हामी छौं।

हामीले प्रसंगवश ख्याल गर्नुपर्छ। अंग्रेज आउनुभन्दा पहिले विश्व जीडीपीमा भारतको योगदान ३३ प्रतिशत थियो। त्यतिबेला बेलायत, जर्मनी र फ्रान्स मिलाएर केवल ३ प्रतिशत मात्रै थियो। तर, सभ्य संसारको सेकतापपछि, सभ्य संसारबाट हामी निर्धनहरुलाई सिकाउने बुझाउने काम भइसकेपछि स्थिति के भयो? अंग्रेजले छाड्ने बेलामा भारतको स्थिति विश्वको जीडीपीमा ३ प्रतिशत मात्रै थियो।

चीनको कुरा गरौं। चीन त संसारकै सबै सम्पत्ति थुप्रिने ठाउँ मानिन्थ्यो। तर, त्यो चीनमा विदेशीहरुको अनुप्रवेशपछि, विदेशीहरुको हस्तक्षेपपछि संसारको एउटा निर्धन देश बन्न पुग्यो।

खुशीको कुरा, आज यी दुवै किनाराका देशहरु केन्द्रमा छन्। केन्द्रमा जाँदै छन्। जसलाई 'पेरिफेरी'को देश भनिन्थ्यो, तिनीहरु आज बीचमा जाँदैछन्। र, विश्व राजनीतिमा उनीहरु भूमिका खोजिरहेका छन्।

त्यसैले हाम्रो निम्ति पनि सम्भावनाको ढोका खुल्ने बेला भएको छ। त्यसैले देशका सबै राजनीतिक पार्टीहरुले आफ्नो पार्टीको 'फोरम'भित्र र संयुक्त रुपमा पनि हामीले हाम्रो देशको निम्ति एउटा विकास रणनीति बनाउनुपर्‍यो। दीर्घकालीन विकास रणनीति बनाउनुपर्‍यो। हाम्रो त्यो 'ग्रान्ड स्ट्राटेजी' बनिसकेपछि कुन ठाउँमा ऋण लिने हो। कुन ठाउँमा अनुदान लिने हो। हामीले कुन ठाउँमा कुन सर्तमा ऋण लिन्छौं। कुन ठाउँमा कुन सर्तमा अनुदान लिन्छौं। त्यसमा हाम्रो नीति बोल्नुपर्‍यो।

हाम्रो 'ग्रान्ड' नीतिलाई सघाउ पुग्ने चिज मात्रै लिनुपर्‍यो। हामीलाई चाहिएको छ, नुन र भुटुन। छिमेकीले ल्याएर फर्सी दिन्छ। किनकी उसकहाँ फर्सी धेरै भयो। फर्सी लिने स्थितिबाट हामी मुक्त हुनुपर्‍यो।

Ncell 2
Ncell 2
nimb
nimb

हाम्रो छिमेकी भारतमा हामी हेरौं। कम्युनिस्ट र कांग्रेस साथीहरुलाई म भन्न चाहन्छु। अहिले पश्चिम बंगालको २९२ सिटमा भएको चुनावमा कांग्रेस र कम्युनिस्ट मिल्दा पनि एक सिट पनि आएन। तर, केरलामा फेरि दोहोरिएर कम्युनिस्टहरुले सरकार गठन गरे। कम्युनिस्ट पार्टी बंगालमा पनि छ, केरलामा पनि छ। बंगालको कम्युनिस्ट पार्टी जनताको पछौटेपनलाई उपयोग गरेर भोट किन्ने राजनीतिमा मात्रै लागिराख्यो। जसरी हामी लागिराखेका छौं। तर, केरलाले त्यहाँको जनतालाई शिक्षित बनाउने, स्वस्थ बनाउने, बलशाली बनाउने काममा लाग्यो। त्यसै हुनाले विगत २५/३० वर्षदेखि भारतमा त हामीले हेर्न सक्छौं, मानवीय सूचकांकको हरेक ठाउँमा केरला एक नम्बरमा छ। गुजरात र पञ्जाब जस्ता राज्यहरु, जहाँ धेरै ठूलो लगानी भएको छ। त्योभन्दा अगाडि केरला देखापर्छ।

म अनुरोध गर्छु। नेपाली समाजले ५० वर्षभन्दा लामो त्याग, तपस्या र बलिदान गर्‍यो। दार्शनिकहरु के भन्छन् भने, यस्ता त्याग, तपस्या र बलिदानको परिणाम राम्रो प्राप्त भएन भने समाज क्लान्त बन्छ, समाज थाक्छ। समाजमा प्रश्न उठ्न थाल्छ- के त्यो बलिदान साँच्चै जरुरी थियो। त्यो त्याग साँच्चै जरुरी थियो?

अहिले कस्तो लाग्छ भने, नेपालको मनोविज्ञान क्लान्त छ। सुस्त छ। सबैतिर निराशा छ। हामी एकआपसमा कुरा गर्दा, पार्टीभित्र फोरममा सबैतिर निराशै निराशा व्याप्त छ। तर, म भन्न चाहन्छु, संघर्ष भन्ने ऊर्जाचाहिँ नवीकरणीय ऊर्जा हो। यसलाई नयाँ ढंगले बलियो बनाउन सक्छौं। तर, त्यसका लागि नेपालको शिक्षाको दर्शनलाई फेर्नु जरुरी छ।

शारीरिक श्रमलाई हामीले इज्जतिलो ढंगले अगाडि ल्याउनुपर्‍यो। र, जात व्यवस्थालाई समाप्त पार्नुपर्‍यो। जबसम्म यो देशका लाखौं करोडौं दलितहरुको 'इनिसियटिभ' यहाँ स्वतन्त्र बन्न सक्दैन, तबसम्म यो देश अगाडि बढ्न सक्दैन।

कांग्रेस, समाजवादी वा कन्युनिस्ट पार्टीका नीति निर्माणमा सहभागी सबै साथीहरुसँग अनुरोध गर्दछु, अब यो सदनले मजदुर र किसानको पक्षमा 'बिल'हरु देख्न पाउनुपर्छ। खासगरी हामीले चिया मजदुरहरुलाई जो संगठित छन् र थोरै संख्यामा छन्। उनीहरुलाई अहिले नै हामीले परिचय पत्र दिएर उनीहरुलाई चाहिने दश किलो चामल, पाँच किलो गहुँ, दुई किलो चिनी, एउटा ग्यासको सिलिन्डर हामीले 'ट्याक्स फ्री' गरेर दिन सक्छौं।

यहाँका साना किसानहरुलाई करोडौंकरोडको ऋण दिनुपर्ने कुनै जरुरी छैन। हामीले साना किसानहरुलाई केही लाख र हजारको ऋण समयमा दिन सक्यौं भने नेपालको स्थिति परिवर्तन हुन्छ।

म सबै साथीहरुसँग बिनापूर्वाग्रह के अनुरोध गर्न चाहन्छु भने, यो संसद्लाई जीवन्त बनाऔँ। भाइब्रेन्ट बनाऔँ। अब हामीले बनाउने नीतिले हामीलाई चिनाओस्। हामीले दाह्रा किटेर म कम्युनिस्ट हुँ, समाजवादी हुँ, म कांग्रेस हुँ, म बिपी कोइरालाको शिष्य हुँ भनिरहनु नपरोस्। हाम्रा नीतिहरु बोलुन्। नीतिले गर्दा जनताले चिनुन्।

(कार्कीले मंगलबारको प्रतिनिधिमा राखेको धारणाको सम्पादित सामग्री)

प्रकाशित मिति: मंगलबार, साउन १९, २०७८  १६:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
बाढीले घरबार खोस्यो, सरकारले राहतसमेत दिएन : सांसद पराजुली
राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन पेस
जलविद्युत् आयोजना बन्द भएपछि हिउँदको विद्युत् आपूर्तिमा चासो, प्राधिकरणले बनायो समिति
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
बाढीले घरबार खोस्यो, सरकारले राहतसमेत दिएन : सांसद पराजुली बुधबार, असोज ७, २०८३
राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन पेस बुधबार, असोज ७, २०८३
जलविद्युत् आयोजना बन्द भएपछि हिउँदको विद्युत् आपूर्तिमा चासो, प्राधिकरणले बनायो समिति बुधबार, असोज ७, २०८३
राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता बुधबार, असोज ७, २०८३
‘वन्यजन्तु संरक्षणलाई प्रशासनिक सीमाभन्दा बाहिर लैजानुपर्छ’: मन्त्री चौधरी बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्