काठमाडौं- प्रधानसेनापति पूर्णचन्द्र थापा र अमेरिकी राजदूत र्यान्डी बेरीबीच भेटवार्ता भएको छ। मंगलबार जंगी अड्डामा प्रधानसेनापति थापा र राजदूत बेरीबीच भेटवार्ता भएको हो।
भएको भेटमा दुईपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।
यस किसिमको नियमित भेटवार्ताले दुई देशबीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको निर्देशनालयद्वारा जारी प्रेस नोटमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।