• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

कांग्रेस महाधिवेशन सार्न निर्वाचन आयोगको ‘ग्रिन सिंग्नल’!

64x64
लिलु डुम्रे मंगलबार, साउन १९, २०७८  १४:०१
1140x725

काठमाडौं- आउँदो भदौ १६ देखि १९ सम्म गर्ने तय भएको नेपाली कांग्रेसको १४औं महाधिवेशन ‘सम्भव नभएको’ भन्दै सार्न प्रयत्न गरिरहेका नेताहरुलाई राहत मिल्ने भएको छ। महाधिवेशन पर सार्न सकिने गरी निर्वाचन आयोगले ‘ग्रिन सिंग्नल’ दिएको छ।

संवैधानिक व्यवस्था अनुसार भदौ २३ अघि कांग्रेसको १४औं महाधिवेशन सम्पन्न भइसक्नुपर्छ। तर, कार्यतालिका प्रभावित भएकाले त्यो समयावधिभित्र महाधिवेशन हुने सम्भावना लगभग अन्त्य भएको छ। बरु भदौ २३ अघि वडा तहको अधिवेशन गराउने गरी तयारी अगाडि बढाइएको छ। वडा तहको अधिवेशन सुरु गरेर महाधिवेशनको प्रक्रियामा प्रवेश गरेको तर्क सहित महाधिवेशन पर सार्ने कसरत कांग्रेसमा औपचारिक रुपमै सुरु भएको छ। 

आउँदो मंसिर मसान्तसम्म महाधिवेशन हुने गरी वडा तहको अधिवेशन भदौमा प्रारम्भ हुने नेताहरुको भनाई छ। पार्टीको आन्तरिक तयारीलाई निर्वाचन आयोगले समेत साथ दिने बताइएको छ। कांग्रेस स्रोतका अनुसार सभापति शेरबहादुर देउवाले आफुपक्षीय नेतालाई यसबारे आयोगका प्रमुख आयुक्त दिनेश थपलियासँग छलफल गर्न पठाएका थिए।

त्यसअनुसार भेटेका कांग्रेस नेतालाई थपलियाले कांग्रेसलाई समस्या नपर्ने गरि तीन महिना अवधि थप्न सकिने संकेत गरेका छन्। कांग्रेसले  ‘वैधानिकता गुमाउने’ अवस्था आफुले सोच्न पनि नसक्ने विषय भएकाले यसको विकल्प खोज्न सकिने थपलियाले देउवा निकट नेतालाई बताएका छन्।

जरिवाना गरेर अवधि बढाउने दिशातिर जान नपर्ने उनले प्रष्ट संकेत कांग्रेसलाई दिएको बताइन्छ। कांग्रेसलाई अप्ठ्यारोमा नपर्ने गरि आयोगले साथ दिने उनको बचन थियो। भदौमा वडा तहको अधिवेशन गरेपछि वैधानिकता नगुम्ने भन्दै थपलियाले  ‘ग्रिन सिंग्नल’ दिएको सभापति देउवानिकट एक नेताले बताए। 

शासन प्रणाली परिवर्तनमा लामो समय संघर्ष गर्दै आएको तथा पुरानो प्रजातान्त्रिक दल भएकाले वैधानिकतामा प्रश्न उठाउन नमिल्ने कतिपय नेताको जिकिर छ। कोरोनाले समयमा महाधिवेशन हुन नसकेको आयोग तथा अदालतले स्वतः बुझ्ने विषय भएको नेताहरुको भनाई छ। भदौमा महाधिवेशन हुन नसक्ने निश्चित भएको बताउँछन् नेता डा शेखर कोइराला।

महाधिवेशनको प्रक्रिया सुरु भएको जानकारी निर्वाचन आयोगलाई दिनुपर्ने उनको राय छ। उनले भने, ‘महाधिवेशनको प्रक्रिया यो मितिबाट सुरु भएर यहाँ पुगेर अन्त्य हुन्छ भनि जानकारी गरायौं भने आयोगले केही न केही ‘कन्सिडर’ गर्ला। जरिवाना दिएर समयावधि थप्न सकिने कुरा पनि उठेका छन्। बुझ्नुपर्ने के हो भने ऐनले संविधान काट्न सक्दैन।’ 

वडा तहको अधिवेशन भदौमा सुरु गर्न सबै पक्ष सहमत छन्। तर, अधिवेशन सुरु गरेर केन्द्रीय महाधिवेशन धेरै पर सार्न नहुने पक्षमा संस्थापनइतर छ। तल्लो संरचनामा अधिवेशन गर्दा धेरै ‘ग्याप’ राख्ने र राख्न नहुने तर्कमा पार्टी भित्र फेरि विवाद देखिने सम्भावना छ।

Ncell 2
Ncell 2
nimb
nimb

असोज र कार्तिकमा पर्वका समय भएकाले तल्लो संरचनाको अधिवेशन रोक्नुपर्ने एकथरीको तर्क छ। अर्कोतर्फ त्यसै समयमा पनि निरन्तर अधिवेशन गर्न सकिने मत पनि छ। पर्वका समयमा शहरमा हुनेहरु गाउँ फर्केकाले तल्लो तहका अधिवेशन गर्न झनै सहज हुने तर्क उनीहरुको छ।

महाधिवेशनलाई पर धकेल्ने नियतले तल्लो संरचनामा हुने अधिवेशनको ग्याप धेरै राख्न नहुने पक्षमा संस्थापनइतर छ। सोमबार महामन्त्री डा शशांक कोइरालाले बोलाएको बैठकमा तेस्रो पुस्ताका नेताहरुको वीचमा रोकिने कार्य भए मान्य नहुने बताइसकेका छन्।

महामन्त्री डा शशांक कोइरालाले सोमबार तेस्रो पुस्ताका नेतासँग गरेको छलफलमा उक्त निष्कर्ष निकालिएको हो। बैठकले वडा तहको अधिवेशन सुरु गरेर बीचमा तल्लो तहका अन्य अधिवेशन रोक्न नहुने सुझाव दिएको छ। ‘भदौबाट वडा अधिवेशन सुरु भएपछि निरन्तर तल्लो संरचनाको अधिवेशन हुनुपर्दछ। बीचमा रोक्न मिल्दैन’, बैठकमा उठेका धारणाबारे नेता गुरुराज घिमिरेले भने।

अधिवेशन प्रारम्भ गर्न पहिले क्रियाशील सदस्यताको विवाद टुंगो लाग्नुपर्छ। तर, क्रियाशील सदस्यता छानविन समितिले साउन १२ मा प्रतिवेदन बुझाएपनि नामावलीको अन्तिम टुंगो लागेको छैन। विवाद टुंग्याउन शीर्ष नेतालाई जिम्मेवारी दिइएको छ। शीर्ष नेतालाई दिइएको पाँच दिनको अवधि मंगलबार सकिँदैछ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

समय प्रतिकुल रहेकाले ‘सहमतिको वा विशेष महाधिवेशन’ गर्ने विषयमा पनि पार्टीमा केही समय अघि बहस भएको थियो। संस्थापनइतरका केही नेताले सहमतिको वा विशेष महाधिवेशनको पक्षमा जोड दिएका थिए। संस्थापन पक्ष उक्त सहमति वा विशेष महाधिवेशनको पक्षमा देखिएको थिएन। अन्य विकल्प नभएको बताउँदै नेता घिमिरे भन्छन्,‘वडाको अधिवेशन भदौमा सुरु गरेर अरु तहका अधिवेशन क्रमशः गर्दै जाने बाहेक पार्टीलाई विकल्प छैन। संवैधानिक व्यवस्थाले पनि वाध्यकारी बनाएको छ।’

अधिवेशन प्रारम्भ गर्न पहिले क्रियाशील सदस्यताको विवाद टुंगो लाग्नुपर्छ। तर, क्रियाशील सदस्यता छानविन समितिले साउन १२ मा प्रतिवेदन बुझाएपनि नामावलीको अन्तिम टुंगो लागेको छैन। विवाद टुंग्याउन शीर्ष नेतालाई जिम्मेवारी दिइएको छ। शीर्ष नेतालाई दिइएको पाँच दिनको अवधि मंगलबार सकिँदैछ। 

शीर्ष तहका नेताको बैठकले विवादित स्थानमा छुट्टै मापदण्ड बनाउने निर्णय गरेपनि सदस्यता विवाद टुंगिएको छैन। बारा र सप्तरीमा नवीकरण विवाद छ। धनुषा–४ मा १३ औं महाधिवेशन देखिको विवाद छ। सिन्धुपाल्चोक र रसुवामा समायोजनका नामबाट आएका नाममा विवाद कायम छ।

शीर्ष तहका नेताले नामावली टुंग्याउन नसक्दासम्म निर्वाचन समितिको कार्य प्रारम्भ नहुने उक्त समितिका सदस्य गोपालकृष्ण घिमिरे बताउँछन्। अर्कोतर्फ, निर्वाचन निर्देशिका समेत तयार भएको छैन। सहमहामन्त्री डा प्रकाशशरण महत र नेता डा मिनेन्द्र रिजाललाई निर्देशिकालाई अन्तिम रुप दिन जिम्मेवारी दिइएको छ। विधान अनुसार तल्लो तहका संरचनामा क्लष्टर अनुसारको निर्वाचित समिति बनाउन कठिन हुने बताइएको छ। 

प्रकाशित मिति: मंगलबार, साउन १९, २०७८  १४:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्