काठमाडौं– दक्षिण सुडानमा शान्ति मिसनमा तैनाथ नेपाली सेनाको टोली अदली बदली भएको छ।
नियमित प्रक्रियाअनुसार आज (मंगलबार) २३३ जना नेपाली शान्ति सैनिकको डफ्फा मिसन इलाकातर्फ प्रस्थान गरेको छ।
तैनाथ कालिध्वज गण १०औं डफ्फालाई बदली गर्नको लागि प्रमुख सेनानी शिखर जबरा को नेतृत्वमा श्रीजंग गण ११औं डफ्फाको २३३ जना नेपाली शान्ति सैनिक मिति मंगलबार युएन चार्टर्ड फ्लाइटमार्फत मिसन इलाकातर्फ प्रस्थान गरेका हुन्।
दक्षिण सुडानबाट फर्कने शान्ति सैनिकहरु यही साउन २० देखि भदौ ३० गतेसम्म नेपाल आइपुग्ने नेपाली सेनाले जनाएको छ।
शान्ति सैनिकहरुको टोली साउन २० गते (पहिलो फ्लाइट), भदौ ९ गते (दोस्रो फ्लाइट) र भदौ ३० गते (तेस्रो तथा अन्तिम फ्लाइट)मार्फत नेपाल आईपुग्ने योजना रहेको छ।
कोभिड–१९ महामारीका दौरान पनि शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप गरिएको यो अदली बदलीमा सम्पुर्ण सुरक्षा सतर्कता तथा प्रोटोकलहरूको पालना गरिएको नेपाली सेनाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।