काठमाडौं- टोकियो ओलम्पिक २०२० अन्तर्गत महिला फुटबलतर्फ स्वीडेन र क्यानडा फाइनलमा प्रवेश गरेका छन्।
कासिमा स्टेडियममा सोमबार भएको खेलमा क्यानडाले अमेरिकालाई १-० ले पराजित गर्दै उपाधि नजिक पुगेको हो।
क्यानडाका लागि जेसी फ्लेमिङले ७४औं मिनेटमा पेनाल्टी गोलमार्फत् गरेको गोल नै निर्णायक बन्यो।
यस्तै, स्वीडेनले अष्ट्रेलियामाथि १-० को झिनो जित दर्ता गर्दै फाइनलमा क्यानडासँगको भेट पक्का गरेको छ।
निसान स्टेडियममा सोमबार भएको खेलमा स्वीडेनको जितमा ४६औं मिनेटमा फ्रिडोलिना राल्फोले गरेको गोल नै निर्णायक बन्यो।
यी दुईबीचको फाइनल खेल ६ अगस्टमा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।