• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २४, २०८२ Fri, Oct 10, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

महालेखा परीक्षकलाई खुलापत्र : तपाईंकै नाममा भ्रष्टाचार भएको थाहा पाउनु भएको छैन?

मिलन घिमिरे बिहीबार, साउन २१, २०७८  ०९:०६
1140x725

श्री प्रमुखज्यू,
महालेखा परीक्षकको कार्यालय, काठमाडौं

देश संघीयतामा गएपछि स्वास्थ्य तथा स्वास्थ्यसँग सरोकार राख्ने निकायका नयाँ संरचना बनिरहेका छन्। तर, ती संरचना उपयुक्त छैनन्। कोभिड–१९ महामारी फैलिरहँदा स्वास्थ्य प्रणाली 'ब्रेक फेल' भएको गाडी झैँ भएको छ। समन्वयको अभाव छ। स्वास्थ्य सेवाको गुणस्तर कायम गर्न र त्यसलाई निरन्तरता दिन नियमन तथा उत्प्रेरकको भूमिका निर्वाह गर्ने एउटा मुख्य काम लेखा परीक्षण (आन्तरिक र महालेखा) हो। तर, कार्यान्वयनको पाटो ठीक विपरीत छ।

लेखा परीक्षणका लागि आउने टोलीको मुख्य उद्देश्य नै कमिसनमा मोलमोलाइ गर्ने हुन्छ। लेखा परीक्षकको टोलीले सम्बन्धित कार्यालयको गेट वा नजिकैको ‘स्टान्डर्ड’ होटेलमा बसेर कमिसनको मोलमोलाइ गर्छन्। आफ्नो लागि छुट्याएको प्रतिशतको सोधपुछबाट लेखा परीक्षण सुरु हुन्छ।

सम्बन्धित कार्यालयले पुग्ने बजेट छुट्याएको रहेछ भने होटेलमै लेखा परीक्षण सकिन्छ। त्यहीँ प्रतिवेदन तयार हुन्छ। तर, भनेजति कमिसन रकम छुट्याएको रहेनछ भने नियमसंगत गरेका क्रियाकलापमा पनि अनेक बहाना देखाएर कैयौँ दिन लगाएर असुल गर्नुपर्ने बेरुजु देखाइन्छ। कमिसन नपाए दुख दिएर गलत काम गर्न बाध्य बनाउने प्रवृत्ति छ।

अर्कातिर कार्यालय प्रमुख र लेखाका कर्मचारीले लेखा परीक्षणलाई हाउगुजी देखाएर करारका कर्मचारीको तलब काट्ने गर्छन्। खाजा, स्टेसनरी, मसलन्द तथा मालसामान (सामग्री) खरिदमा समेत कमिसनको लोभले स्वास्थ्य सेवाको गुणस्तरमा कमी ल्याइन्छ। कमिसन खान यी सामग्री खरिद गर्ने सम्बन्धित कर्मचारीलाई अनावश्यक दबाब दिइन्छ। लोभ देखाइन्छ। अरु त के भनौँ, खाजाको बजेटबाट समेत आधापेट खुवाएर आधा रकम अडिटर, लेखाका कर्मचारी, कार्यालय प्रमुख, स्टोर र तपाईंको लागि बचाउनुपर्छ। नत्र पानैपिच्छे बेरुजु निकाल्ने धम्की दिइन्छ। प्रतिवेदन बनाउन आउनेले तपाईंका लागि जबरजस्ती गलत काम गर्न बाध्य बनाउँछन्। 

यी कार्य गैरकानुनी भएको जान्दा–जान्दै पनि गर्न बाध्य पारिन्छ। यसरी नै चलेको छ। यसरी नै चलाइएको छ। अब भन्नुस्, हाम्रो स्वास्थ्य क्षेत्र कसरी मजबुत हुन्छ? कसरी गुणस्तर कायम हुन्छ। यसलाई बिगार्न तपाईंकै कार्यालयको पनि भूमिका छ।

यो स्वास्थ्य क्षेत्रमा मात्र नभइ सबै कार्यालयमा हुने घटना हुन्। अब त ‘नियमित कर्म’ भइसकेको छ। यी कार्य गैरकानुनी भएको जान्दा–जान्दै पनि गर्न बाध्य पारिन्छ। यसरी नै चलेको छ। यसरी नै चलाइएको छ। अब भन्नुस्, हाम्रो स्वास्थ्य क्षेत्र कसरी मजबुत हुन्छ? कसरी गुणस्तर कायम हुन्छ। यसलाई बिगार्न तपाईंकै कार्यालयको पनि भूमिका छ।

योजना बनाउँदा र अर्थ मन्त्रालयसँग परामर्श गर्दा अब विकासका लक्ष्य पूरा हुने विश्वास जाग्छ। तर, कार्यान्वयनको पाटोमा पुगेपछि निरास हुने अवस्था छ। लक्ष्य र निर्देशिका एकातिर हुन्छ, बजेट कार्यान्वयको चरण र बाटो अर्कैतिर हुन्छ। बजेट कार्यान्वयन गर्ने कार्यालयमा त्यो बजेट स्वीकृत भएर पुग्दा कार्यालय प्रमुख, लेखा प्रमुख र सम्बन्धित कर्मचारीलाई के अनुभुति हुन्छ भने– यो मेरो पकेटको सम्पति हो, यसलाई मेरो शैलीमा सकेसम्म धेरै उबारेर रमाउनुपर्छ।

Ncell 2
Ncell 2

यदि त्यो ‘फोकल पर्सन’ले गुणस्तरीय काम गर्‍यो वा साँच्चिकै उद्देश्य अनुरुप काम भयो भने लेखा परीक्षकका लागि पैसा बच्दैन। अनि ती फोकल पर्सनमाथि बन्द कोठाभित्र राखेर एउटा अपराधीलाई झैँ व्यवहार गरिन्छ। त्यो निरीह कर्मचारीलाई कि त बौलाउन, कि त गलत काम गर्न र आएको बजेटको उद्देश्य शून्य हुने बनाउन बाध्य बनाउँछन्।

आखिर कहिलेसम्म त यस्तो? बरु महालेखा परीक्षकको कार्यालयबाटै लेखा परीक्षणमा जाने कर्मचारीका लागि रकम तोकिदिनुस्! मोलमोलाई कम हुन्छ। बाँकी रकम त काममा लाग्ला! हामी कति भ्रष्ट छौँ भन्ने स्पष्टै गरिदिनुहोस् न! नत्र यो ‘ओपन सेक्रेट’ भ्रष्टाचार किन रोक्न सक्नुहुन्न?

हाम्रो राज्यको प्रणालीले नै हरेक कर्मचारीलाई भ्रष्ट बन्न सिकाएको छ। यसलाई नियन्त्रण गर्नै नसकिने होइन। उही लेखा परीक्षक बैंक वा संस्थानमा लेखा परीक्षण गर्न जाँदा कमिसन नमागी र त्यस कार्यालयका प्रत्येक कर्मचारीले चिन्दै नचिनी काम गर्छन्। यस्ता संस्थानभन्दा स्वास्थ्य संस्थाहरु कैयौँ गुणा संवेदनशील छन्। तिनै स्वास्थ्य सेवाको गुणस्तर ह्रास हुने गरी किन यो भ्रष्टाचारको जालो मौलाउने मौका दिइन्छ?

लेखा परीक्षणमा आउने तपाईंका कर्मचारीका पनि आफन्त, परिवार तथा छोराछोरी हुन्छन्। उनीहरु पनि स्वस्थ बन्नुपर्छ। बिरामी हुँदा अस्पताल जानुपर्छ। तर, तिनै अस्पतालमा गुणस्तरहीन उपकरण राखिँदा तपाईं र तपाईंका कर्मचारी तथा परिवारको ज्यान कसरी जोगिन्छ? लेखा परीक्षण गर्दा खल्तीमा हालेको कमिसनले तपाईंको ज्यान जोगिएला र?

लेखा परीक्षण गर्ने निकाय र व्यक्तिले यो बुझ्न जरुरी देखिन्छ कि, सके सबै क्षेत्रमा नसके तत्काललाई स्वास्थ्य, खानेपानी तथा कृषिजस्ता क्षेत्रमा भ्रष्टाचार न्यूनीकरणका लागि पहल थाल्नुपर्छ। त्यसअनुसारका कानुन बनाउनुपर्छ। त्यसपछि मात्र हाम्रो स्वास्थ्य सेवालाई दौडने बनाउन सकिन्छ।

(घिमिरे स्वास्थ्य कार्यालय, धनकुटामा पब्लिक हेल्थ नर्सका रुपमा कार्यरत छिन्।)

प्रकाशित मिति: बिहीबार, साउन २१, २०७८  ०९:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
टी–२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल सुपर सिक्समा, २ अंक बटुल्यो
टी–२० विश्वकप छनोट : जापानविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल
राष्ट्रपतिले बोलाए दलहरूलाई
सम्बन्धित सामग्री
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! नेपालमा हेल्थ क्याम्प गर्ने चलन ठ्याक्कै कहिलेदेखि सुरु भयो भनेर यकिनका साथ ठोकुवा गर्न गाह्रो छ। तर प्रा.डा. हेमाङ्ग दीक्षितले एक ल... शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ आजभन्दा लगभग चार दशकअगाडिको परिवेश चित्रण गरिएको प्रेमभावनायुक्त उपन्यास हो ‘देवयानी’ । एक विवाहित पुरुषले कुमारी युवतीसँग कायम गरेक... शनिबार, भदौ ७, २०८२
ताजा समाचारसबै
टी–२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल सुपर सिक्समा, २ अंक बटुल्यो शुक्रबार, असोज २४, २०८२
टी–२० विश्वकप छनोट : जापानविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल शुक्रबार, असोज २४, २०८२
राष्ट्रपतिले बोलाए दलहरूलाई शुक्रबार, असोज २४, २०८२
सप्तरीमा आगलागी हुँदा ७ घर जले, एक जना घाइते शुक्रबार, असोज २४, २०८२
फिलिपिन्समा ७.४ म्याग्निच्युडको भूकम्प शुक्रबार, असोज २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पूर्वपदाधिकारीलाई मापदण्डभन्दा बढी खटाइएका कर्मचारी फिर्ता बोलाउने राष्ट्रिय सुरक्षा समितिको निर्णय बिहीबार, असोज २३, २०८२
राष्ट्रपतिले बोलाए दलहरूलाई शुक्रबार, असोज २४, २०८२
माइतीघरबाट डा‍. निकोलस भुसालसहित १८ जना पक्राउ बिहीबार, असोज २३, २०८२
नक्कली आयोग मन्जुर छैन, प्रतिवेदन मानिँदैन : केपी ओली बिहीबार, असोज २३, २०८२
सरकारलाई ओलीको चुनौती– सुशीला कार्कीको डरले म भाग्दिनँ बिहीबार, असोज २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विपद जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न गृहको निर्देशन आइतबार, असोज १९, २०८२
पूर्वपदाधिकारीलाई मापदण्डभन्दा बढी खटाइएका कर्मचारी फिर्ता बोलाउने राष्ट्रिय सुरक्षा समितिको निर्णय बिहीबार, असोज २३, २०८२
टी–२० विश्वकप छनोट : कुवेतमाथि ५८ रनको जित बुधबार, असोज २२, २०८२
आन्दोलनभन्दा वार्ता र संवादबाट समस्या समाधान गर्न गृहको अनुरोध बुधबार, असोज २२, २०८२
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्