काठमाडौं– पोखरा महानगरपालिका-१८ स्थित रातोमाटा नजिकै फेवातालमा कायग सयर गर्ने क्रममा पल्टिएर डुबेका दुई जनाको सकुशल उद्धार भएको छ। तालमा फसेका दुई जनाको सशस्त्र प्रहरीले आइतबार उद्धार गरेको हो।
उक्त घटनाबारे जानकारी पाउनसाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गण कास्कीबाट उद्धारका लागि टोली खटिएको थियो। फेवाताल रेस्क्यु टावरमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीले उनीहरू दुवै जनालाई सकुशल उद्धार गरेको हो।
उद्धार गरिएकाहरू भक्तपुर घर भएका २१ वर्षीय सुगम शर्मा र २१ वर्षीया वर्षा ढुंगाना रहेको सशस्त्र प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।