काठमाडाैं– मिडफिल्डर प्रकाश बुढाथोकी फ्रेन्ड्स क्लबमा अनुबन्धित भएका छन्।
फ्रेन्ड्सले बुढाथोकीलाई शहिद स्मारक ए डिभिजन लिग अवधिभरका लागि भित्र्याउने गरी सोमबार सम्झौता गरेको हो।
सम्झौता रकम खुलाइएको छैन। उनले नै टोलीको कप्तानी सम्हाल्ने क्लबले जनाएको छ।
गत वर्ष न्युरोड टिम (एनआरटी)का लागि लिग खेलेका प्रकाश त्यसअघि मनाङ मर्स्यादी क्लबमा आबद्ध थिए।
उनले थ्री स्टार क्लबबाट पनि खेलिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।