काठमाडौं– इन्डोनेसियाको जकार्तामा हुने १८ औं एसियाली खेलकुदका लागि पौडी खेलाडी छनोट भएका छन्। नेपाल पौडी संघको आयोजनामा सोमबार सम्पन्न २२ औं खुला राष्ट्रिय पौडी प्रतियोगितामा सर्वाधिक फिना अंक ल्याउने पुरुष/महिला २–२ गरी ४ खेलाडी एसियाडलाई छनोट गरिएको पौडी संघले जनाएको छ।
महिलामा गौरिका सिंह र टीसा शाक्य छानिए। २ सय मिटर फ्रिस्टायलमा २ मिनेट ०९.१९ सेकेन्डको प्रदर्शन गरेकी गौरिकाले ६ सय ३० फिना अंक जोडिन्। त्यस्तै टीसाले ५ सय ७ अंक हासिल गरिन्। टीसाले १ सय मिटर फ्रिस्टायल १ मिनेट ०३.८२ सेकेन्डमा तय गरेकी थिइन् । बैकल्पिक खेलाडीको पुरुषमा अनुभव सुब्बा र महिलामा डुवाना लामा छन् ।

पुरुषमा शुभम श्रेष्ठ र शिरीश गुरुङ छनोट भए। १ सय मिटर ब्रेस्टस्ट्रोक १ मिनेट ०८.९४ सेकेन्डमा पूरा गरेका शुभमले ५ सय २४ अंक प्राप्त गरे । शिरीशले १ सय मिटर फ्रि स्टायल ५७.०३ सेकेन्डमा तय गर्दै ४ सय ८९ अंक जोडे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।