मोरङ- उदयपुर बेलका नगरपालिका ८ कोठूबाट लागुऔषध गाँजासहित दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भोजपुर हचुवागढी गाऊपालिका ८ का २६ वर्षीय नबिन्द्र राई र २३ वर्षीय हेम राज राई रहेका छन्।
आइतबार बेलुका साढे ५ बजे ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिला र अस्थाई प्रहरी पोष्ट कोठूबाट खटिएको प्रहरी टोलीले को१ज ४५९ नम्बरको बुलेरोलाई चेकजाँच गर्ने क्रममा बोलेरोको हुडमा २ वटा कपडाको झोलामा ४ केजी २०० ग्राम लागुऔषध गाँजा फेला पारेको थियो।
गाँजा फेला परे पश्चात सोधपुछ गर्दा उक्त गाँजा नबिन्द्र र हेमराज राईको खुल्न आएसँगै उनहरुलाई पक्राउ गरि इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलामा लगी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।