मोरङ- विराटनगर महानगरपालिका-२ दुर्गा चोकबाट लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोरङ पथरी शनिश्चरे-६ का २३ वर्षीय निरज गोडी रहेको प्रहरीले जनाएको छ।
हिजो बेलुका साढे ४ बजे लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई ब्राउन सुगर ८ ग्रामसहित पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका गोडीलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।