काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा अन्तर क्वान खुला राष्ट्रिय उसु प्रतियोगिता सोमबारदेखि त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहलमा सुरु भएको छ।
प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले एक कार्यक्रमबीच उद्घाटन गरे। उद्घाटनका अवसरमा पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल, राखेपका उपाध्यक्ष लामा टेन्डी शेर्पा, राखेपका सदस्य–सचिव एवं नेपाल उसु संघका अध्यक्ष केशवकुमार विष्टलगायतको उपस्थिति रहेको थियो।
नेपाल उसु संघको व्यवस्थापनमा भइरहेको प्रतियोगिताको थाउलोतर्फ ११ र सान्सौंमा १४ गरी जम्मा २५ स्पर्धामा प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा देशभरीबाट ३० क्वानबाट ३ सय खेलाडीको सहभागिता रहेको उसु संघका कोषाध्यक्ष सुमन भट्टले जनाएका छन्।
टिम पहिलोले १५ हजार, दोश्रोले १० हजार र तेश्रोले ५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । थाउलो र सान्सौंतर्फ पुरुष÷महिला उत्कृष्ट खेलाडीलाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने छ । खेल मंगलबारदेखि सुरु हुनेछ । प्रतियोगिता बिहीबारसम्म जारी रहनेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।