काठमाडौं- ओशो तपोवनले ’राष्ट्रका लागि तपोवन‘ अभियान सुरु गरेको छ। दैनिक जीवनमा आध्यात्मलाई जोड्दा एक सकारात्मक सन्देश प्रवाह हुनसक्छ भन्ने उद्देश्य लिएर यो अभियान सुरु गरिएको हो।
विभिन्न सेसनहरुमा विभक्त गरी संचालन गरिएको कार्यक्रममा सहभागीहरुलाई ध्यानका विविध विधिको साथमा सकारात्मक सोचको विकास एवम् नकारात्मक सोचको जडमूल पत्ता लगाई त्यसलाई निर्मूल पार्ने व्यावहारिक अभ्यासहरु गराइएको छ।
साथै, सहभागीहरुलाई अनावश्यक गम्भिरताबाट मुक्त भई हाँसो, खुसी र आनन्दित भएर सहज जीवन जिउने कला पनि सिकाइएको छ ।
हरेक १५–१५ दिनमा ओशो तपोवनले संचालन गर्ने यो अभियानमा समाजका जुनसुकै वर्ग, उमेर र तहका व्यक्तिहरुले सहभागिता जनाउन सक्नेछन् ।
बोधिसत्व स्वामी आनन्द अरुण प्राचार्य रहेको यस अभियानको अवधारणा स्वामी आनन्द देव (भवन भट्ट) को रहेको छ भने संयोजक स्वामी आनन्द अर्हत र सोविता सिम्खडा रहेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।