काठमाडौं- शहिद स्मारक ए डिभिजन लिग कात्तिक अन्तिम साताबाट सुरु हुने भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) र सहभागी १४ क्लबका प्रतिनिधिबीच आइतबार भएको बैठकले यस वर्षको लिग पूर्वनिर्धारित मितिभन्दा २ महिना सार्ने निर्णय गरेकाे हाे।
यसअघि असोज ३ गतेबाट सुरु गर्ने भनिएको लिग कात्तिक २९ गतेबाट सुरु गर्ने निर्णय भएको एन्फाले जनाएको छ।
साफ च्याम्पियनसिप अक्टोबरको पहिलो साता आयोजना हुने भएकाले सहभागी १४ क्लब कात्तिक २९ गतेबाट लिग खेल्न सहमत भएका हुन्।
बैठकले गत वर्षको तुलनामा लिगको पुरस्कार राशीमा २५ लाख रुपैयाँ वृद्धि गरेको छ। यसपटक लिगको विजेताले ७५ लाख रुपैयाँ पाउनेछ।
त्यस्तै, दोस्रो हुने टोलीले ५० लाख रुपैयाँ पाउनेछ। यसअघि दोस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाएको थियो।
यता, सहभागी सबै क्लबले तयारी वापत् २० लाख रुपैयाँ प्राप्त गर्नेछन्। एक चरणमा हुने लिगको अंकतालिकाको पुछारमा रहने दुई टोली बी डिभिजनमा घटुवा हुने एन्फा जनाएकाे छ।
लिगका लागि खेलाडीहरुको दर्ता प्रक्रिया सुरु भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।