काठमाडौं- नेपालमा पहिलो म्युजिक भिडियोमा मोडलको काम गरेका नायक भुवन केसीको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। उनले लामो समयपछि म्युजिक भिडियोमा काम गरेका हुन्।
'सम्झनी पानी छम्किनी' बोलको गीतमा उनले खेलेका हुन्। लोकगीत भए पनि तीज नजिकिएसँगै यसलाई तीज भर्सनमा बनाइएको छ। गीत पाँच महिनाअघि नै सार्वजनिक भइसकेको थियो। टिकटकमा भाइरल भएसँगै यसलाई फेरि रिमेक गरेर तीज भर्सनमा सार्वजनिक गरिएको हो।
‘यसपालिको तीजमा सम्झिनी पानी छम्किनी’ बोलको गीतमा भूवन केसीको अलावा निर्देशक दीपाश्री निरौला, नायक आकाश श्रेष्ठ, नायिका स्वस्तिमा खड्का, मोडल गीता ढुंगाना, गायक चौलागाईं, बाल कलाकारहरु जोभिन श्रेष्ठ, जेभिस श्रेष्ठ र आयुस्मी ढकालको अभिनय छ।
यो भिडियोलाई विक्रम स्वाँरले निर्देशन गरेका हुन्। भिडियोमा नवराज उप्रेतीको छायांकन, वीरबहादुर थारुको सम्पादन छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।