काठमाडौं- मिडफिल्डर डोना थापा ललितपुरकाे क्लब थ्री स्टारमा अनुबन्धित भएका छन्। थ्री स्टारले डोनालाई आसान्न ‘ए’ डिभिजन लिग र राष्ट्रिय लिगका लागि टोलीमा अनुबन्ध गरेको हो।
उनको सम्झौता रकम खुलाइएको छैन। एन्फा एकेडेमीको उत्पादन २४ वर्षीय डोनाले थ्री स्टारमा १० नम्बरको जर्सी लगाउनेछन्।
डोनाले गत वर्ष श्री भगवती क्लब टोखाबाट सहिद स्मारक ‘बी’ डिभिजन लिग खेलेका थिए।
यस्तै, गत जेठमा काठमाडौंमा सम्पन्न नेपाल सुपर लिग (एनएसएल) मा उनले ललितपुर सिटी एफसीबाट खेलेका थिए।
यसअगाडि डोनाले नेपाल पुलिस क्लब, मनाङ मर्स्याङ्दी क्लब लगायत ए डिभिजनका क्लबबाट खेलिसकेका छन्।
डोनाले नेपालका लागि उमेर समूहमा यू १९ साफ च्याम्पियनसिप पनि जितेका छन्। यसबाहेक उनी यू २३ उमेर समूहसम्म पनि खेलिसकेका छन्। तर, सिनियर टोलीबाट डेब्यु गर्न पाएका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।