काठमाडौं– झापाको अर्जुनधारा नगरपालिका ११ नयाँ बसपार्कबाट लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्।
शनिबार दिउँसो साढे ११ बजे अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले मे१ह ३४३१ नम्बरको अटोलाई चेकजाँच गर्ने क्रममा अटो चालक बिर्तामोड ४ बस्ने २१ बर्षीय रुपेश साह र पछाडि सवार हल्दिबारी ३ का २१ बर्षीय बिबेक बानियाँलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
उनीहरुको साथबाट २९० मिलि ग्राम ब्राउन सुगर र नगद २० हजार रुपैयाँ बरामद भएको प्रहरीले जानकारी दिएको छ।
पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।