काठमाडौं- सिन्धुपाल्चोकको मेलम्ची खोलामा पानीको सतह बढेपछि बजार क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।
शनिबार राति भारी वर्षा भइरहेकोले मेलम्ची खोला र इन्द्रावती नदीको बहाव बढ्दो क्रममा रहेको छ। बहाव एक्कासी बढेपछि साइरन बजाएर तटीय क्षेत्रका बासिन्दालाई सचेत गराइएको छ।
स्थानिय बासिन्दाका अनुसार तिम्बुमाथि ठूलो पहिरो गएर असार १ गतेजस्तै खोलाले काठ र लेदो बगाएर ल्याएको थियो।
यस्तै, बाढीले भत्किएको इन्द्रावती पुलको आधा टुक्रा बगाए ५०/६० मिटर तल ल्याइपुर्याएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।