• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

‘उपेन्द्र यादव मलाई भेट्न अस्पताल आउनुहोला भन्ने थियो, पार्टीबाटै निकालिदिनुभएछ’

कल्पना पाण्डे लम्साल शुक्रबार, साउन १५, २०७८  २२:४२
1140x725

म अहिले नर्भिक अस्पतालको सघन उपचार कक्षमा उपचाररत छु। स्वास्थ्य ठीक नभएकाले आफ्नैबारेका समाचार थाहा पाउन पनि समय लाग्छ। अरु कसैले सुनाइदिनुपर्छ। आज दिउँसो लुम्बिनी प्रदेश सभा सचिवालयले मलाई जनता समाजवादी पार्टी (जसपा) को सिफारिसमा प्रदेश सभा सदस्यबाट पदमुक्त गरेको जानकारी पाएँ।

जसपाको आधिकारिकता सम्बन्धी विवाद टुंगो लगाउन पार्टीका शीर्ष नेताहरु असार ११ गते निर्वाचन आयोग जानुभएको थियो। म त्यसदिन नर्भिक अस्पतालको आईसीयू बेडमा बाँच्नका लागि संघर्ष गरिरहेकी थिएँ।

मैले सम्हालेको लुम्बिनी प्रदेशको उद्योग, वन तथा वातावरण मन्त्रालयका तीन वटा कार्यक्रममा सहभागी भएर फर्केपछि असार ९ गते, शनिबार साँझ एक्कासी छाती दुखे जस्तो भयो। तत्कालै भीम अस्पताल, भैरहवा पुगेँ। त्यहाँ ईसीजी गर्दा मुटुमा समस्या हुन सक्ने अनुमान गरियो। त्यसपछि हामी गौतम बुद्ध सामुदायिक अस्पताल, बुटवल गयौँ। त्यहाँ परीक्षण गर्दा डाक्टरले मुटुमा भन्दा पनि नसामा समस्या हुन सक्ने बताए। जति सक्यो छिटो काठमाडौँ जान पनि सुझाव दिए।

बुटवल अस्पताल पुगेको एक घण्टापछि छातीको दुखाइ केही कम भयो। तर, एक्कासी घुँडाभन्दा तल खुट्टा नै नचल्ने भयो। खुट्टाले तातो चिसो कुनै पनि कुरा महसुस गर्न छोड्यो। त्यसपछि हामी राति नै एम्बुलेन्समा काठमाडौं आयौँ।

असार १० गते बिहान ५ बजे केही समय नर्भिक अस्पतालको आकस्मिक उपचार कक्षमा उपचारपछि मलाई आईसीयूमा लगियो। डा. पंकज जलानको टिमले परीक्षण गर्दा न्युरो सम्बन्धी रोग ‘गियान ब्यारे सिन्ड्रोम’ (जीबीएस) भएको पत्ता लाग्यो। यो गम्भीर रोग रहेछ। त्यही कारण मेरा खुट्टा नचल्ने भएका रहेछन्। संक्रमण शरीरभरि फैलिँदा पूरै शरीरले कामै नगर्ने रहेछ। बिरामीलाई आकस्मिक रुपमा अक्सिजन सपोर्टमा राख्नुपर्ने रहेछ। त्यसैले जीबीएस भएका बिरामीको आईसीयू बेडमै उपचार हुने रहेछ।

साउन ११ गते बेलुका निर्वाचन आयोगले पार्टी आधिकारिकताको फैसला सुनाउँदा शरीरभरि संक्रमण फैलिएर म अचेत अवस्थामा थिएँ। अक्सिजन सपोर्टमा राखिएको थियो। १२ गते राति मात्र मैले निर्वाचन आयोगको फैसलाबारे जानकारी पाएँ।

अस्पताल भर्ना भएदेखि आजसम्म कैयौँ पटक अक्सिजन सपोर्टमा बस्नुपरेको छ। क्षणभरमै अवस्था बिग्रने यो जीबीएस निकै अप्ठ्यारो रोग रहेछ। पैतालाबाट सुरु भएको संक्रमण शरीरभर पूर्ण रुपमा अझै फैलिइ नसकेको डाक्टरले बताएका छन्। संक्रमण पूर्णरुपमा नफैलिँदासम्म केही साता मेरा लागि निकै जोखिमपूर्ण भएको डाक्टरहरुले बताएका छन्। अस्पताल भर्ना भएदेखि दैनिक ९१ हजार २०० रुपैयाँ पर्ने खोप लगाएर मेरो उपचार भइरहेको छ। तर, अस्पताल बसाइको यो कठिनपूर्ण समयमा मेरा विषयमा आउने समाचारले मलाई कमजोर बनाइरहेको छ।

प्रदेश सभा सदस्यबाट पदमुक्त गर्न मेरो पार्टीले सिफारिस गरेको निर्णयबाट म विक्षिप्त छु। मलाई पार्टीले दोश्रो पटक कारबाही गरेको हो। यसअघि गैरसंवैधानिक रुपमा र पार्टीको विधानविपरीत कारबाही गर्दा सर्वोच्च अदालतले न्याय दिएको थियो। सर्वाेच्च अदालतमा विचाराधीन उक्त मुद्दाको पेसी आगामी भदौ १७ गते तोकिएको छ। ममाथि पहिलोपटक गरिएको कारबाहीको विषय अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा पुनः कारबाहीको डण्डा चलाएर अध्यक्ष उपेन्द्र यादवले राजनीतिक निर्लज्जता मात्र प्रस्तुत गर्नुभएन, अदालतको मानहानीसमेत गर्नुभएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

म अस्पताल भर्ना हुँदा राजनीतिक परिस्थिति अत्यन्त असहज थियो। अहिले हाम्रो पार्टीभित्रको विवादमा निर्वाचन आयोगले फैसला सुनाएको छ। तर, सर्वोच्च अदालतमा विवाद कायमै छ। पार्टीको आधिकारिकता विवादमा निर्वाचन आयोगले फैसला दिँदा पनि हामीमाथि पार्टीले गरेको थिचोमिचो रोकिएको छैन।

अहिलेसम्म मलाई मेरो पार्टीका अध्यक्ष उपेन्द्र यादवले स्वास्थ्य अवस्थाबारे सोध्नु भएन। कस्तो अवस्था छ, उपचार कसरी भइरहेको छ, उपचारमा के समस्या छ भनेर सामान्य चासो पनि राख्नुभएन।

अस्पताल भर्ना भएर उपचार गर्न थालेपछि आफन्त, पार्टी कार्यकर्ता र धेरै शुभेच्छुकहरुको फोन आयो। कैयौं शुभेच्छुकहरु अस्पतालमै भेट्न आउनु भयो। मैले आफैं कुरा गर्न नपाए पनि त्यसको जानकारी पाएँ। चाहना भएर पनि सबैसँग भेट्न र संवाद गर्न पाएकी छैन। अहिलेसम्म मलाई मेरो पार्टीका अध्यक्ष उपेन्द्र यादवले स्वास्थ्य अवस्थाबारे सोध्नु भएन। कस्तो अवस्था छ, उपचार कसरी भइरहेको छ, उपचारमा के समस्या छ भनेर सामान्य चासो पनि राख्नुभएन।

निर्वाचन आयोगले यादव पक्षलाई जसपाको आधिकारिकता दिने निर्णय सुनाएपछि मलाई पार्टी अध्यक्ष (यादव)ले स्वास्थ्यलाभको शुभकामनाको सन्देश पठाउनु होला, पार्टीलाई एक बनाएर अगाडि लैजाने सन्देश दिनुहोला भन्ने आशा गरेकी थिएँ। तर, उहाँले आईसीयूमा रहेको बिरामीलाई पार्टीबाटै निष्कासन गरेको पत्र पठाउनु भयो।

प्रदेश सभामा रहेका हाम्रो पार्टीको ६ जना माननीयमध्ये बहुमत सदस्यले मलाई पार्टीको प्रमुख सचेतक नियुक्त गरेका थिए। लुम्बिनी सरकारले ल्याएको नीति तथा कार्यक्रमको पक्षमा उभिने निर्णय हामीले पार्टीका बहुमत सदस्यको सहमतिमै गरेका थियौँ। संघीयताको वकालत गर्ने पार्टीले प्रदेश सभाका सांसदलाई निर्णय गर्न स्वतन्त्र नछोड्नु उपयुक्त हो? बहुमत सदस्यले चयन गरेको प्रमुख सचेतकलाई संघीयताको मर्मविपरीत केन्द्रले कारबाही गर्नु उपयुक्त हो? यसको जवाफ अध्यक्षले दिनु पर्छ।

अध्यक्ष यादवज्यूलाई सोध्न मन लागेको छ– तपाईंको नजरमा पार्टीका हरेक कार्यकर्ता समान हुन्छन् वा हुँदैनन्? निर्वाचन आयोगको फैसलाका आधारमा तपाईंलाई आधिकारिकता दिँदा न्याय गरेको ठान्नु भएको छ? सर्वाेच्च अदालतले विगतमा हामीलाई पार्टीले गरेको कारबाही कार्यान्वयन नगर्न आदेश दिएर गरेको न्याय किन स्वीकार गर्नुहुन्न?

सर्वोच्च अदालतको परमादेशले संसद पुनःस्थापना भएको छ। तपाईंहरु पनि सरकारमा जाँदै हुनुहन्छ। अदालतले हामीलाई गरेको न्यायमाथि पटक–पटक किन कारबाहीको डण्डा चलाउनु हुन्छ?

हामी सरकारमा किन गयौँ र जसपाका विषयमा मेरो धारणा के हो भनेर मैले भन्नै पाएकी छैन। भन्नुपर्ने र भन्न मन लागेका कैयौँ विषय छन्। हाललाई भगवानसँग अस्पतालको बसाइ छोट्टियोस् भन्ने मात्र कामना छ। त्यसपछि सम्पूर्ण विषयमा जवाफ दिने नै छु। अहिलेलाई अस्पतालको आईसीयू बेडबाट यत्ति सोध्न चाहन्छु– कारबाही गर्नुअघि गम्भीर बिरामी भएर अस्पताल भर्ना भएको व्यक्तिप्रति थोरै पनि सहानुभूति देखाउन किन सक्नुभएन?
    
(लम्साल लुम्बिनी प्रदेश सरकारमा उद्योग, वन तथा वातावरण मन्त्री छिन्। उनलाई जसपाको सिफारिसमा लुम्बिनी प्रदेश सभा सचिवालयले शुक्रबार पदमुक्त गरेको छ।)

प्रकाशित मिति: शुक्रबार, साउन १५, २०७८  २२:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
बाढीले घरबार खोस्यो, सरकारले राहतसमेत दिएन : सांसद पराजुली
राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन पेस
जलविद्युत् आयोजना बन्द भएपछि हिउँदको विद्युत् आपूर्तिमा चासो, प्राधिकरणले बनायो समिति
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
बाढीले घरबार खोस्यो, सरकारले राहतसमेत दिएन : सांसद पराजुली बुधबार, असोज ७, २०८३
राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन पेस बुधबार, असोज ७, २०८३
जलविद्युत् आयोजना बन्द भएपछि हिउँदको विद्युत् आपूर्तिमा चासो, प्राधिकरणले बनायो समिति बुधबार, असोज ७, २०८३
राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता बुधबार, असोज ७, २०८३
‘वन्यजन्तु संरक्षणलाई प्रशासनिक सीमाभन्दा बाहिर लैजानुपर्छ’: मन्त्री चौधरी बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्