• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २४, २०८२ Fri, Oct 10, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

‘उपेन्द्र यादव मलाई भेट्न अस्पताल आउनुहोला भन्ने थियो, पार्टीबाटै निकालिदिनुभएछ’

कल्पना पाण्डे लम्साल शुक्रबार, साउन १५, २०७८  २२:४२
1140x725

म अहिले नर्भिक अस्पतालको सघन उपचार कक्षमा उपचाररत छु। स्वास्थ्य ठीक नभएकाले आफ्नैबारेका समाचार थाहा पाउन पनि समय लाग्छ। अरु कसैले सुनाइदिनुपर्छ। आज दिउँसो लुम्बिनी प्रदेश सभा सचिवालयले मलाई जनता समाजवादी पार्टी (जसपा) को सिफारिसमा प्रदेश सभा सदस्यबाट पदमुक्त गरेको जानकारी पाएँ।

जसपाको आधिकारिकता सम्बन्धी विवाद टुंगो लगाउन पार्टीका शीर्ष नेताहरु असार ११ गते निर्वाचन आयोग जानुभएको थियो। म त्यसदिन नर्भिक अस्पतालको आईसीयू बेडमा बाँच्नका लागि संघर्ष गरिरहेकी थिएँ।

मैले सम्हालेको लुम्बिनी प्रदेशको उद्योग, वन तथा वातावरण मन्त्रालयका तीन वटा कार्यक्रममा सहभागी भएर फर्केपछि असार ९ गते, शनिबार साँझ एक्कासी छाती दुखे जस्तो भयो। तत्कालै भीम अस्पताल, भैरहवा पुगेँ। त्यहाँ ईसीजी गर्दा मुटुमा समस्या हुन सक्ने अनुमान गरियो। त्यसपछि हामी गौतम बुद्ध सामुदायिक अस्पताल, बुटवल गयौँ। त्यहाँ परीक्षण गर्दा डाक्टरले मुटुमा भन्दा पनि नसामा समस्या हुन सक्ने बताए। जति सक्यो छिटो काठमाडौँ जान पनि सुझाव दिए।

बुटवल अस्पताल पुगेको एक घण्टापछि छातीको दुखाइ केही कम भयो। तर, एक्कासी घुँडाभन्दा तल खुट्टा नै नचल्ने भयो। खुट्टाले तातो चिसो कुनै पनि कुरा महसुस गर्न छोड्यो। त्यसपछि हामी राति नै एम्बुलेन्समा काठमाडौं आयौँ।

असार १० गते बिहान ५ बजे केही समय नर्भिक अस्पतालको आकस्मिक उपचार कक्षमा उपचारपछि मलाई आईसीयूमा लगियो। डा. पंकज जलानको टिमले परीक्षण गर्दा न्युरो सम्बन्धी रोग ‘गियान ब्यारे सिन्ड्रोम’ (जीबीएस) भएको पत्ता लाग्यो। यो गम्भीर रोग रहेछ। त्यही कारण मेरा खुट्टा नचल्ने भएका रहेछन्। संक्रमण शरीरभरि फैलिँदा पूरै शरीरले कामै नगर्ने रहेछ। बिरामीलाई आकस्मिक रुपमा अक्सिजन सपोर्टमा राख्नुपर्ने रहेछ। त्यसैले जीबीएस भएका बिरामीको आईसीयू बेडमै उपचार हुने रहेछ।

साउन ११ गते बेलुका निर्वाचन आयोगले पार्टी आधिकारिकताको फैसला सुनाउँदा शरीरभरि संक्रमण फैलिएर म अचेत अवस्थामा थिएँ। अक्सिजन सपोर्टमा राखिएको थियो। १२ गते राति मात्र मैले निर्वाचन आयोगको फैसलाबारे जानकारी पाएँ।

अस्पताल भर्ना भएदेखि आजसम्म कैयौँ पटक अक्सिजन सपोर्टमा बस्नुपरेको छ। क्षणभरमै अवस्था बिग्रने यो जीबीएस निकै अप्ठ्यारो रोग रहेछ। पैतालाबाट सुरु भएको संक्रमण शरीरभर पूर्ण रुपमा अझै फैलिइ नसकेको डाक्टरले बताएका छन्। संक्रमण पूर्णरुपमा नफैलिँदासम्म केही साता मेरा लागि निकै जोखिमपूर्ण भएको डाक्टरहरुले बताएका छन्। अस्पताल भर्ना भएदेखि दैनिक ९१ हजार २०० रुपैयाँ पर्ने खोप लगाएर मेरो उपचार भइरहेको छ। तर, अस्पताल बसाइको यो कठिनपूर्ण समयमा मेरा विषयमा आउने समाचारले मलाई कमजोर बनाइरहेको छ।

प्रदेश सभा सदस्यबाट पदमुक्त गर्न मेरो पार्टीले सिफारिस गरेको निर्णयबाट म विक्षिप्त छु। मलाई पार्टीले दोश्रो पटक कारबाही गरेको हो। यसअघि गैरसंवैधानिक रुपमा र पार्टीको विधानविपरीत कारबाही गर्दा सर्वोच्च अदालतले न्याय दिएको थियो। सर्वाेच्च अदालतमा विचाराधीन उक्त मुद्दाको पेसी आगामी भदौ १७ गते तोकिएको छ। ममाथि पहिलोपटक गरिएको कारबाहीको विषय अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा पुनः कारबाहीको डण्डा चलाएर अध्यक्ष उपेन्द्र यादवले राजनीतिक निर्लज्जता मात्र प्रस्तुत गर्नुभएन, अदालतको मानहानीसमेत गर्नुभएको छ।

Ncell 2
Ncell 2

म अस्पताल भर्ना हुँदा राजनीतिक परिस्थिति अत्यन्त असहज थियो। अहिले हाम्रो पार्टीभित्रको विवादमा निर्वाचन आयोगले फैसला सुनाएको छ। तर, सर्वोच्च अदालतमा विवाद कायमै छ। पार्टीको आधिकारिकता विवादमा निर्वाचन आयोगले फैसला दिँदा पनि हामीमाथि पार्टीले गरेको थिचोमिचो रोकिएको छैन।

अहिलेसम्म मलाई मेरो पार्टीका अध्यक्ष उपेन्द्र यादवले स्वास्थ्य अवस्थाबारे सोध्नु भएन। कस्तो अवस्था छ, उपचार कसरी भइरहेको छ, उपचारमा के समस्या छ भनेर सामान्य चासो पनि राख्नुभएन।

अस्पताल भर्ना भएर उपचार गर्न थालेपछि आफन्त, पार्टी कार्यकर्ता र धेरै शुभेच्छुकहरुको फोन आयो। कैयौं शुभेच्छुकहरु अस्पतालमै भेट्न आउनु भयो। मैले आफैं कुरा गर्न नपाए पनि त्यसको जानकारी पाएँ। चाहना भएर पनि सबैसँग भेट्न र संवाद गर्न पाएकी छैन। अहिलेसम्म मलाई मेरो पार्टीका अध्यक्ष उपेन्द्र यादवले स्वास्थ्य अवस्थाबारे सोध्नु भएन। कस्तो अवस्था छ, उपचार कसरी भइरहेको छ, उपचारमा के समस्या छ भनेर सामान्य चासो पनि राख्नुभएन।

निर्वाचन आयोगले यादव पक्षलाई जसपाको आधिकारिकता दिने निर्णय सुनाएपछि मलाई पार्टी अध्यक्ष (यादव)ले स्वास्थ्यलाभको शुभकामनाको सन्देश पठाउनु होला, पार्टीलाई एक बनाएर अगाडि लैजाने सन्देश दिनुहोला भन्ने आशा गरेकी थिएँ। तर, उहाँले आईसीयूमा रहेको बिरामीलाई पार्टीबाटै निष्कासन गरेको पत्र पठाउनु भयो।

प्रदेश सभामा रहेका हाम्रो पार्टीको ६ जना माननीयमध्ये बहुमत सदस्यले मलाई पार्टीको प्रमुख सचेतक नियुक्त गरेका थिए। लुम्बिनी सरकारले ल्याएको नीति तथा कार्यक्रमको पक्षमा उभिने निर्णय हामीले पार्टीका बहुमत सदस्यको सहमतिमै गरेका थियौँ। संघीयताको वकालत गर्ने पार्टीले प्रदेश सभाका सांसदलाई निर्णय गर्न स्वतन्त्र नछोड्नु उपयुक्त हो? बहुमत सदस्यले चयन गरेको प्रमुख सचेतकलाई संघीयताको मर्मविपरीत केन्द्रले कारबाही गर्नु उपयुक्त हो? यसको जवाफ अध्यक्षले दिनु पर्छ।

अध्यक्ष यादवज्यूलाई सोध्न मन लागेको छ– तपाईंको नजरमा पार्टीका हरेक कार्यकर्ता समान हुन्छन् वा हुँदैनन्? निर्वाचन आयोगको फैसलाका आधारमा तपाईंलाई आधिकारिकता दिँदा न्याय गरेको ठान्नु भएको छ? सर्वाेच्च अदालतले विगतमा हामीलाई पार्टीले गरेको कारबाही कार्यान्वयन नगर्न आदेश दिएर गरेको न्याय किन स्वीकार गर्नुहुन्न?

सर्वोच्च अदालतको परमादेशले संसद पुनःस्थापना भएको छ। तपाईंहरु पनि सरकारमा जाँदै हुनुहन्छ। अदालतले हामीलाई गरेको न्यायमाथि पटक–पटक किन कारबाहीको डण्डा चलाउनु हुन्छ?

हामी सरकारमा किन गयौँ र जसपाका विषयमा मेरो धारणा के हो भनेर मैले भन्नै पाएकी छैन। भन्नुपर्ने र भन्न मन लागेका कैयौँ विषय छन्। हाललाई भगवानसँग अस्पतालको बसाइ छोट्टियोस् भन्ने मात्र कामना छ। त्यसपछि सम्पूर्ण विषयमा जवाफ दिने नै छु। अहिलेलाई अस्पतालको आईसीयू बेडबाट यत्ति सोध्न चाहन्छु– कारबाही गर्नुअघि गम्भीर बिरामी भएर अस्पताल भर्ना भएको व्यक्तिप्रति थोरै पनि सहानुभूति देखाउन किन सक्नुभएन?
    
(लम्साल लुम्बिनी प्रदेश सरकारमा उद्योग, वन तथा वातावरण मन्त्री छिन्। उनलाई जसपाको सिफारिसमा लुम्बिनी प्रदेश सभा सचिवालयले शुक्रबार पदमुक्त गरेको छ।)

प्रकाशित मिति: शुक्रबार, साउन १५, २०७८  २२:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
परिवर्तन आत्मसात गरी चुनावमा जान दलका नेतालाई प्रधानमन्त्रीको आग्रह
टी–२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल सुपर सिक्समा, २ अंक बटुल्यो
टी–२० विश्वकप छनोट : जापानविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल
सम्बन्धित सामग्री
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! नेपालमा हेल्थ क्याम्प गर्ने चलन ठ्याक्कै कहिलेदेखि सुरु भयो भनेर यकिनका साथ ठोकुवा गर्न गाह्रो छ। तर प्रा.डा. हेमाङ्ग दीक्षितले एक ल... शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ आजभन्दा लगभग चार दशकअगाडिको परिवेश चित्रण गरिएको प्रेमभावनायुक्त उपन्यास हो ‘देवयानी’ । एक विवाहित पुरुषले कुमारी युवतीसँग कायम गरेक... शनिबार, भदौ ७, २०८२
ताजा समाचारसबै
परिवर्तन आत्मसात गरी चुनावमा जान दलका नेतालाई प्रधानमन्त्रीको आग्रह शुक्रबार, असोज २४, २०८२
टी–२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल सुपर सिक्समा, २ अंक बटुल्यो शुक्रबार, असोज २४, २०८२
टी–२० विश्वकप छनोट : जापानविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल शुक्रबार, असोज २४, २०८२
राष्ट्रपतिले बोलाए दलहरूलाई शुक्रबार, असोज २४, २०८२
सप्तरीमा आगलागी हुँदा ७ घर जले, एक जना घाइते शुक्रबार, असोज २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पूर्वपदाधिकारीलाई मापदण्डभन्दा बढी खटाइएका कर्मचारी फिर्ता बोलाउने राष्ट्रिय सुरक्षा समितिको निर्णय बिहीबार, असोज २३, २०८२
राष्ट्रपतिले बोलाए दलहरूलाई शुक्रबार, असोज २४, २०८२
टी–२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल सुपर सिक्समा, २ अंक बटुल्यो शुक्रबार, असोज २४, २०८२
माइतीघरबाट डा‍. निकोलस भुसालसहित १८ जना पक्राउ बिहीबार, असोज २३, २०८२
नक्कली आयोग मन्जुर छैन, प्रतिवेदन मानिँदैन : केपी ओली बिहीबार, असोज २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विपद जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न गृहको निर्देशन आइतबार, असोज १९, २०८२
पूर्वपदाधिकारीलाई मापदण्डभन्दा बढी खटाइएका कर्मचारी फिर्ता बोलाउने राष्ट्रिय सुरक्षा समितिको निर्णय बिहीबार, असोज २३, २०८२
टी–२० विश्वकप छनोट : कुवेतमाथि ५८ रनको जित बुधबार, असोज २२, २०८२
आन्दोलनभन्दा वार्ता र संवादबाट समस्या समाधान गर्न गृहको अनुरोध बुधबार, असोज २२, २०८२
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्