प्रधानसेनापति पूर्णचन्द्र थापा र भारतका स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवणे, फाइल तस्वीर
काठमाडौं– प्रधानसेनापति पूर्णचन्द्र थापा र भारतका स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवणेबीच शुक्रबार टेलिफोन वार्ता भएको छ।
भारतीय सेनाले आफ्नो अफिसियल ट्वीटर ह्याण्डल र फेसबुक पेजमार्फत् यसबारे जानकारी गराएको हो।
भारतीय सेनाले दुवै सेनाप्रमुखबीच द्विपक्षीय रक्षा मामिलामा सहकार्यबारे छलफल भएको जनाएको छ।
नेपाल र भारतका सेनाप्रमुख एक अर्को देशका मानार्थ सेनाप्रमुख रहने अभ्यास छ। प्रधानसेनापति थापा आउँदो २५ भदौमा सेवानिवृत्त हुँदैछन्। त्यसको एक महिना अघि विदा बस्ने प्रचलनअनुसार उनी आउँदो साउन २५ मा विदामा बस्नेछन्।
साउन २५ देखि लागु हुनेगरी सरकारले बलाधिकृत रथी प्रभुराम शर्मालाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरिसकेको छ।
आउँदो भदौ २५ गतेपछि शर्माले नै आगामी तीन वर्षका लागि नेपाली सेनाको नेतृत्व सम्हाल्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।