काठमाडौं- उपाधि दावेदा ब्राजिल टोकियो ओलम्पिक २०२० अन्तर्गत महिला फुटबलको क्वाटरफाइनलबाट बाहिरिएको छ।
शुक्रबार भएको क्वाटरफाइनलमा क्यानडासँग पेनाल्टी सुटआउटमा ४-३ ले पराजित हुँदै ब्राजिल बाहिरिएको हो।
निर्धारित र थप गरिएको समयमा कुनै गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो।
पेनाल्टीमा क्यानडाकी फ्लिमीङ जेसी, एस्ले लरेन्स, एड्रिना लियोन र भेनिस्साले गोल गरिन्। ब्राजिलकी मार्टा, डेबिन्हा र एरिकाले गोल गरिन्।
अब क्यानडाले सेमिफाइनलमा अमेरिकासँग खेल्नेछ। अमेरिकाले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ४-२ गाेलले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएकाे छ।
यस्तै, अष्ट्रेलियाले इंग्ल्यान्डलाई अतिरिक्त समयमा ४-३ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको छ।
अष्ट्रेलियाको जितमा समान्था केरले दुई गोल गरिन्। यस्तै, अलन्ना केनेड्डी र मेरी फ्लावरले एक/एक गोल गरिन्। इंग्ल्यान्डकी एलिन ह्वाइटले ह्याट्रिक गोल गरिन्। यस्तै, जापानलाई ३-१ ले हराएर स्विडेनले सेमिफाइनलमा स्थान बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।