काठमाडौं- ३३ किलो सुन चोरी-पैठारी प्रकरणका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
मोरङ जिल्ला गौरादह नगपालिका-८ बस्ने भोजे मामा भन्ने भोजराज भण्डारीलाई प्रहरीले आज पक्राउ गरेको हो। महानगरीय प्रहरी परिसरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए।
सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार,अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दामा उनीमाथि मोरङ जिल्ला अदालतबाट म्याद जारी भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।