सांकेतिक तस्बिर
काठमाडौं- चिनियाँ नागरिकले ठमेलमा सञ्चालन गरेको रक्सी फ्याक्ट्रीमा प्रहरीले छापा मारेको छ। अवैधरुपमा घरेलु रक्सी बनाउने गरेको जानकारी आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले छापा मारेको हो।
५० लिटर दरका १५० ड्रम रक्सी, रक्सी बनाउन प्रयोग हुने मेसिन र एक चिनियाँ नागरिकलाई नियन्त्रणमा लिइएको अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले बताए।
चिनियाँ नागरिकले ठमेलको ज्याठामा एक घर भाडामा लिएर मेसिननबाटै घरेलु रक्सी बनाउने गरेको कोइरालाको भनाइ छ। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।