काठमाडौं- ललितपुरस्थित हिरण्यवर्ण महाबिहार र डिजी छेनमा क्षमा पूजाको आयोजना गरिएको छ।
ललितपुरका स्थानीयले उक्त महाबिहारको पुन: निर्माणको काम सुरु हुनुभन्दा अघि क्षमा पूजाको आयोजना गरेका हुन्। बिहीबार आयोजना गरिएको क्षमा पूजामा नेपालका लागि भारतीय राजदूतावासका अधिकारी, नेपाल सरकारको केन्द्रीय परियोजना कार्यान्वयन इकाईका अधिकारीहरुको उपस्थिति रहेको थियो।
हिरण्यवर्ण महाबिहार १८ करोड १० लाख लाख नेपाली रुपैयाँ लागतमा पुन: निर्माण गरिँदै छ।
हिरण्यवर्ण महाविहार स्वर्ण बिहारको रुपमा परिचत छ जुन पाटन दरबार क्षेत्रमा रहेको छ। विश्वसम्पदा सूचीमा रहेको पाटन दरबार क्षेत्रमा रहेको यो बिहार एक महत्वपूर्ण बौद्ध मन्दिर हो।
नेपालमा भूकम्पले क्षति पुर्याएपछि पुरातात्विक सांस्कृतिक क्षेत्रको पूनर्निर्माणका लागि भारत सरकारद्वार ५० मिलियन अमेरिकी डलरको अनुदान सहायता उपलब्ध गराइएको थियो। जस अन्तर्गत पुनर्निर्माण गर्न लागिएको २८ औं सांस्कृतिक परियोजनामध्ये हिरण्यवर्ण महाबिहार एक भएको नेपालस्थित भारतीय दूतावसले जनाएको छ। ललितपुरमा ७ वटा सांस्कृतिक क्षेत्रको पुनर्निर्माण भइरहेको र पाँचवटाको काम चलिरहेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।