काठमाडौं- फुटसल व्यवसायीको छाता संगठन नेपाल फुटसल व्यवसायी संघले फुटसल पुनःसञ्चालन गर्ने निर्णय गरेको छ।
कोरोना महामारीका कारण गत वैशाखदेखि बन्द रहेको फुटसल सञ्चालन गर्ने संघले निर्णय गरेको हो।
संघले बिहीबार एक विज्ञप्ति जारी गर्दै कोरोना महामारीका कारण निषेधाज्ञा जारी भएसँगै बन्द गर्नुपरेको फुटसल खोल्ने निर्णय गरेको बताएकाे छ।
संघका अध्यक्ष राज महर्जन र महासचिव मदन कोइरालाले जारी गरेकाे विज्ञप्तिमा निषेधाज्ञा खुकुलो बनाएको अवस्थामा सावधानी अपनाएर खेल सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालयसमक्ष अनुमति मागे पनि नपाएको उल्लेख छ।
जिल्ला प्रशासनले उदासिनता देखाएपछि बाध्य भएर सावधानी अपनाएर फुटसल सञ्चालन गर्ने निणर्यमा संघ पुगेको विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।