काठमाडौं- उत्तर कोरियाको टोलीले दुई एएफसी छनोट प्रतियोगिताबाट नाम फिर्ता लिएको छ।
उत्तर कोरियाली टोलीले उज्वेकिस्तानमा अर्को वर्ष हुने एएफसी यू-२३ एसियन कप र भारतमा आयोजना हुने एएफसी वुमन्स एसियन कप छनोट प्रतियोगिता नखेल्ने भएको हो।
एसियन फुटबल फेडेरेसन (एएफसी)का अनुसार एएफसी यू-२३ एसियन कपको लागि छनोटमा उत्तर कोरिया इस्ट जोनको समूह ‘के’मा रहेको थियो। यस समूहमा जापान र कम्बोडिया रहेका छन्।
दुई टिम मात्र बाँकी भएपछि एएफसीले समूह मिलाउनका लागि समूह ‘जी’ देखि ‘जे’ सम्मको दुई/दुई टिम निकालेर ‘ड्र’ गर्ने भएको छ।
जसमा ‘ड्र’ बाट निस्कने पहिलो टिमलाई समूह ‘के’ मा राखिने जनाइएकाे छ। नेपाल भने वेस्ट जोनको समूह ‘बी’ मा ताजिकिस्तान, लेबनान र इरानसँगै रहेको छ।
यस्तै, उत्तर कोरियाले अर्को वर्ष भारतमा आयोजना हुने एएफसी वुमन्स एसियन कप छनोटबाट समेत नाम फिर्ता लिएको छ।
छनोटमा उत्तर कोरियासँगै इन्डोनेसिया, इराक र सिंगापुर समूह ‘सी’ मा थिए। यस समूहमा अब तीन टिम मात्र हुनेछन्।
महिला एसिया कप छनोटमा नेपाल समूह ‘एफ’ मा छ। यस समूहमा हङकङ र फिलिपिन्स छन्। खेल नेपालको घरेलु मैदानमा आयोजना हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।