काठमाडौं- अमेरिकी चर्चित हेभी मेटल ब्याण्ड ‘स्लिपनट’का पूर्व ड्रमर जोय जोर्डिसनको निधन भएको छ। उनको बुधबार ४६ वर्षको उमेरमा निधन भएको हो।
उनको परिवारले एक विज्ञप्ती निकाल्दै जोर्डिसनको निधन भएको जानकारी दिएका हुन्। उनका परिवारले जोर्डिसनको मृत्युको कारण भने खुलाएका छैनन्।
जोर्डिसन ‘स्लिपनट’का मुख्य सदस्य थिए। उनी ‘स्लिपनट’का एकमात्रै यस्ता सदस्य थिए, जो सन् १९९५ मा ब्याण्ड स्थापना हुँदा पक्र्युसिनिष्ट शान क्रेहन र बासिस्ट पाल ग्रेको साथमा उभिएका थिए।
स्थापना भएको ४ वर्षपछि आफ्नै ब्याण्डको नाममा उक्त समूहले एल्बम निकालेको थियो। पहिले एल्बम नै विश्व बजारमा लाखौंप्रति बिक्यो। साथै अमेरिकाको प्रशिद्ध अर्वाड ‘ग्रामी’ पनि पहिलो एल्बमबाटै हात पार्न सफल भयो।
‘स्लिपनट’ निकै आक्रोसित र फरक तरिकाको प्रस्तुती दिने ब्याण्ड थियो। यसले हरर स्टाइलमा माक्स प्रयोग गरेर स्टेजमा डरलाग्दो तर मनोरञ्जक प्रस्तुती दिन्थ्यो।
जोर्डिसन यो समूहमा सन् २०१३ सम्म साथमा रहे। केही वर्षपछि मात्रै उनले आफ्नो ढाँडमा समस्या देखिएकाले ब्याण्ड छाडेको बताएका थिए।
ब्याण्डका मुख्य ‘भोकलिष्ट’ कोरी टेलरले जोयको मृत्युको खबरपश्चात् सामाजिक सञ्जालमा कालो तस्वीर पोष्ट गरेका छन्। उनले जस्तै क्रेहनले पनि कालो तस्वीर पोष्ट गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।