mage credit: Getty Images
काठमाडौं- साविक विजेता ब्राजिल टोकियो ओलम्पिक २०२० को पुरुष फुटबलमा क्वाटरफाइनलमा प्रवेश गरेको छ।
साइतामा रंगशालामा समूह ‘डी’ अन्तर्गत बुधबार भएको खेलमा साउदी अरेबियालाई ३-१ ले पराजित गर्दै ब्राजिल समूह विजेता बनेको हो।
ब्राजिलका लागि रिचार्लिसनले दुई तथा माथेउस कुन्हाले एक गोल गरे। साउदीका लागि अबदुलेलाह अल अमरिले एक गोल गरे।
समूहमा ब्राजिल अपराजित रहँदै ७ अंक जोड्यो। साउदी भने समूह चरणबाटै बाहिरिएको छ।
यस्तै, मियागी रंगशालामा भएको अर्को खेलमा आईभरीकोष्टसँग १-१ गोलको बराबरी खेलेपछि जर्मनी बाहिरियो।
समूह ‘डी’मा आइभरीकोष्ट ५ अंक जोड्दै समूह उपविजेता बन्दै क्वाटरफाइनलमा पुगेको छ ।
जर्मनीका बेन्जामिन हेन्रिक्सले आत्मघाती गोल गरे। एडुवार्ड लोएवेनले जर्मनीका लागि बराबरी गोल फर्काए।
यस्तै, समूह ‘बी’ बाट दक्षिण कोरिया र न्युजिल्याण्ड क्रमशः समूह विजेता र समूह उपविजेता बन्दै क्वाटरफाइनल प्रवेश गरेका छन्।
कोरियाले होन्डुरोसलाई ६-० ले हरायो। न्युजिल्याण्ड र रोमानियाले गोलरहित बराबरी खेलेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।