फाेटाे सामाजिक सञ्जाल : अश्विन घिमिरे
काठमाडौं- काठमाडौं महानगरपालिका १७ स्थित वनस्थली चोक नजिकै रहेको थ्रीडी फर्निचर तथा सोफा कारखानामा भएको आगोलागीलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।
बुधबार दिउँसो करिब ४ बजे लागेको आगोलाई पाँच वटा दमकल र पाँच वटा ट्यांकरको सहयोगमा तत्कालै नियन्त्रणमा लिइएको हो।
धादिङ घर भएका रामहरी धरेल र भारतीय नागरिक विजय शर्माले सञ्चालन गरेको उक्त फर्निचर कारखानामा विद्युतीय तार सर्ट भएर आगलागी भएको बताइएको छ ।
सो आगलागीबारे जानकारी पाउनासाथै विभिन्न बलबाट खटिएको ३५ जना सशस्त्र प्रहरी उक्त आगलागी नियन्त्रणमा लिएका हुन्।
उक्त आगलागीबाट करिब १ करोड ६० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।