• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, वैशाख २६, २०८२ Fri, May 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान
विशेष रिपोर्ट उपकरण भएर पनि जनशक्ति नहुँदा कोरोना अस्पतालमै यसरी ज्यान गुमाउँदैछन् संक्रमित
रिता लम्साल बिहीबार, साउन १४, २०७८  १३:०६
1140x725
तस्वीर : निमेषजंग राई/नेपाल लाइभ।

घटना–१
दोलखाको भीमेश्वर नगरपालिका–३ का ३८ वर्षीय एक पुरुषलाई श्वासप्रश्वासमा समस्या देखिएपछि गएको ९ जेठमा चरिकोट अस्पताल लगियो। एन्टिजेन विधिबाट परीक्षण गर्दा उनको कोरोना रिपोर्ट पोजिटिभ आयो। एक्सरे गरेर हेर्दा निमोनियाले फोक्सो खराब भएको थियो। चिकित्सकहरुले तत्काल आइसीयूमा राखेर उपचार गर्नुपर्ने अवस्था देखे। तर, चरिकोट अस्पतालमा आईसीयू थिएन। कोरोनाका सिकिस्त बिरामीलाई हाइफ्लो अक्सिजनको आवश्यकता पर्ने भएकाले उनीहरुलाई आईसियू, भेन्टीलेटर तथा हाई डिपेन्डेन्सी युनिट (एचडीयू) जस्तो सुविधा भएको ठाउँमा राखेर उपचार गर्नुपर्थ्यो। 

त्यहाँ आईसीयू नभएपछि ती पुरुषलाई आफन्तले हेलीकोप्टरमा राखेर काठमाडौंको एभरेष्ट अस्पताल पुर्‍याए। एभरेष्ट अस्पतालमा आईसीयूमा उपचार गरिरहेका बेला १६ जेठमा उनको मृत्यु भयो। 'चरिकोट अस्पतालमा आइसीयू थिएन, हेलिकोप्टर नै खोजेर काठमाडौं लगियो, तर उहाँ बाँच्नु भएन,' मृतकका एक आफन्तले भने, 'चरिकोटमै आईसीयू भएको भए बाँच्नुहुन्थ्यो होला।'

घटना–२
म्याग्दीको बेनी नगरपालिकाका–५ का ४२ वर्षीय पुरुषलाई ज्वरो आउने, खोकी लाग्ने, खोक्दा छाती दुख्ने जस्ता समस्या भयो। सुरुमा उनले आफ्नो स्वास्थ्य समस्या लुकाए। विस्तारै पेट फुलिन थाल्यो। अनि स्वासप्रस्वाससम्बन्धी गम्भीर समस्या देखिन थालेपछि मात्र परिवारका सदस्यले थाहा पाए। उनकलाई उपचारका लागि श्रीमती र छोरीले गएको २८ वैशाखमा बेनी अस्पताल लगे। चिकित्सकले कोरोना संक्रमणको आशंका गरे। परीक्षण रिपोर्ट पोजिटिभ आयो। एक्सरे गर्दा फोक्सोमा खराबी देखियो। सामान्य अक्सिजन दिएर उपचार गर्दा पनि स्वास्थ्यमा कुनै सुधार भएन। 

कोरोनाको उपचार हुने अस्पतालहरुमा सिकिस्त बिरामीको लागि चाहिने उपकरण र आपतकालीन तथा आईसियूका लागि दक्ष जनशक्तिको तादम्यता नै मिलेको छैन। पर्याप्त उपकरण भएको अस्पतालमा आवश्यक जनशक्ति नहुँदा उपचार नै नहुने अवस्था छ।

चिकित्सकहरुले उनलाई तत्काल आईसीयूमा राखेर उपचार गर्नुपर्ने बताए। बेनी अस्पतालमा पाँच बेडको आइसीयू भएपनि दक्ष जनशक्ति अभावका कारण सञ्चालनमा थिएन। आईसीयूमा आवश्यक पर्ने कोरोना संक्रमितलाई बेनी अस्पतालले अन्यत्रै रेफर गर्दै आएको थियो। आफन्तलाई चिकित्सकहरुले ती पुरुष संक्रमितलाई पनि अन्य अस्पतालमा लैजान सुझाए। तर, कमजोर आर्थिक अवस्थाका कारण परिवारले सुविधा सम्पन्न अस्पतालमा लैजान सकेनन्। भोलिपल्ट २९ वैशाखमै उनको मृत्यु भयो।

‘बेनी अस्पतालका अध्यक्षसँग पनि कुरा गरेका थियौँ,’ मृतकका छोराले भने, ‘तर, उहाँले आईसीयू चलाउने जनशक्ति भएन भन्नुभयो। के गर्ने भनेर अन्यौल हुदाँहुदै बुवाको मृत्यु भयो।’ 

बेनी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जितेन्द्र कँडेलका अनुसार ती पुरुषसहित अन्य संक्रमितको पनि बेनी अस्पतालमा मृत्यु भएको छ। आईसीयू संचालनका लागि जनशक्तिको अभावमा नै उनीहरुको मृत्यु भएको हो। बेनी अस्पतालमा आर्थिक वर्ष २०७६/७७ को असारमा नै पाँच वटा आईसीयू उपकरण जडान भएको थियो। डा. कँडेलका अनुसार आईसीयू चलाउनका लागि एनेएस्थेसियोलोजिष्ट र पारामेडिक्स जस्ता जनशक्ति नभएकाले अन्यत्र रेफर गर्नु परेको हो।

घटना–३
दोलखाको कालिन्चोक–८ का ५० वर्षीय एक पुरुष भक्तपुरमा ज्याला मजदुरी गरेर बस्थे। ज्यालादारीबाट कमाएको पैसा गाउँमा रहेका छोराछोरी र श्रीमतीलाई पठाउँथे। गएको १६ वैशाखमा सरकारले निषेधाज्ञा जारी गरेपछि काममा जान नपाएका कारण उनी २३ बैशाखमा घर फर्किए। उनी खोकी र ज्वरोले थकित थिए। भक्तपुरदेखि दुई दिनमा घर पुगेका उनी तत्काल स्वास्थ्य परीक्षणका लागि अस्पताल गएनन्। स्वास्थ्य अवस्था झनै बिग्रिएपछि श्रीमतीले उनलाई २६ वैशाखमा पैदल आधा घण्टा टाढाको स्वास्थ्य चौकी पुर्‍याइन्। स्वास्थ्यकर्मीले उनलाई कोरोना संक्रमणको आशंका गर्दै चरिकोट अस्पताल रेफर गरे। 

Ncell 2
Ncell 2

स्थानीय सरकारको एम्बुलेन्समा सोही दिन उनलाई चरिकोट अस्पताल लगियो। चरिकोट अस्पतालका चिकित्सकले उनलाई तत्काल आईसीयूमा राखेर उपचार गर्नुपर्ने बताए। तर, त्यहाँ आईसीयूको सुविधा थिएन। उनकी श्रीमती अलमलमा परिन्। आर्थिक अभावका कारण अर्को अस्पताल लैजान सकिनन्। ती पुरुषको चरिकोट अस्पतालमै २७ वैशाखमा मृत्यु भयो। 

स्वास्थ्य मन्त्रालयले कोरोनाको पहिलो र दोस्रो लहरका बेला सिकिस्त बिरामीको उपचारमा चाहिने उपकरण र जनशक्ति व्यवस्थापनमा ध्यान दिएन। मन्त्रालयसँग सिकिस्त संक्रमितको उपचारका लागि देशभरका अस्पतालमा ‘कति संख्यामा जनशक्ति खटाइएको छ, र कति उपकरण उपलब्ध छन्’ भन्ने तथ्यांक नै छैन।  

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद दंगालका अनुसार अस्पतालले कोरोना दोस्रो लहरका क्रममा गएको वैशाखदेखि जेठसम्ममा १९ जना कोरोना संक्रमितलाई अन्य अस्पतालमा रेफर गरेको थियो। तीमध्ये पाँच जनालाई हेलीकप्टरमार्फत काठमाडौं पठाइएको थियो। ती सबैको उपचारका क्रममा मृत्यु भएको डा. दंगालले बताए। 

अस्पतालमा कोरोनाका सिकिस्त संक्रमितको उपचारका लागि चाहिने उपकरण र दक्ष जनशक्ति नहुँदा हेलीकप्टरमार्फत बिरामी अन्यत्र पठाउने गरिएको थियो। जसले गर्दा परिवारलाई थप आर्थिक भार परेको थियो। डा. दंगालका अनुसार बिरामीलाई हेलीकप्टरमार्फत लैजाँदा रु.१ लाख ८० हजारदेखि ३ लाख र एम्बुलेन्समार्फत अन्यत्र लैजाँदा ८ हजारसम्म रकम तिर्न परिवार बाध्य भएका थिए। तर, आर्थिक अवस्था कमजोर भएर परिवारले अन्यत्र लैजान नसकेका चार बिरामीको चरिकोट अस्पतालमै मृत्यु भएको थियो।

shivam cement

shivam cement

गएको आर्थिक वर्षको अन्त्यमा मात्र चरिकोट प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेश अस्पतालको रुपमा विकास गर्ने भन्दै आईसीयू बेड राख्न बजेट विनियोजन भयो। गएको ११ साउनसम्ममा अस्पतालमा पाँच भेन्टिलेटर, दुई पीआईसीयू (बालबालिकाको उपचार गर्ने आईसीयू) र ६ बेडको एचडीयू राखिएको छ। प्रदेश सरकारले आईसीयू तथा भेन्टिलेटर पठाए पनि यी उपकरण चलाउने जनशक्ति भने नपठाएको डा. दंगालले बताए।

उनका अनुसार चरिकोट अस्पतालमा आईसीयू सञ्चालन गर्न एनेस्थेसिया र मेडिसिनको एक–एक जना चिकित्सक र क्रिटिकल केयरको तालिम लिएका आठ नर्स आवश्यक पर्छ। प्रदेश सरकारले यी जनशक्ति पठाएपछि मात्र आईसीयू सञ्चालन गर्न सकिने डा. दंगालको भनाइ छ।

काठमाडौं उपत्यका र ठूला शहरमा चाप
दोलखा र म्याग्दीमा जस्तै देशका अधिकांश ठाउँमा सघन उपचारका लागि चाहिने जनशक्ति र उपकरणको तादम्यता मिलेको छैन। जसका कारण महामारीका बेला देशका धेरै स्थानमा उपकरण तथा दक्ष जनशक्ति नहुँदा कोरोना संक्रमितले आवश्यक उपचार नपाई ज्यान गुमाएका छन्। 

उपकरण भएका स्थानमा जनशक्ति नहुने र जनशक्ति भएको स्थानमा उपकरण नहुने अवस्था हुँदा काठमाडौं उपत्यका तथा ठूला सहरका ठूला अस्पतालमा संक्रमितको चाप बढेको छ। नेपालगञ्जस्थित भेरी अस्पताल, चितवनस्थित भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेज, बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल, पोखराको पश्चिमाञ्चल अस्पताल, विराटनगरको नोबल मेडिकल कलेज, कोशी अस्पतालमा संक्रमितको चाप बढेको छ। त्यसैगरी धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धनगढीको सेती अस्पताल र काठमाडौं उपत्यकाका शुक्रराज ट्रपिकल तथा सरुवा रोग, त्रिवि शिक्षण, वीर, पाटन, सशस्त्र प्रहरी, भक्तपुर, नेपाली सेनाको अस्पताल र उपत्यकाकै निजी अस्पतालका निर्देशकहरुले पनि जिल्लामा जनशक्ति र उपकरण नहुँदा संक्रमित उपचारका लागि धेरै रेफर भएर आउनु परेको जानकारी दिए। 

यी अस्पतालका निर्देशक र कोभिड फोकल पर्सनहरुको साझा भनाइ छ, ‘यदि जिल्लाका अस्पतालहरुमा नै दक्ष जनशक्ति र उपकरण हुन्थ्यो भने धेरै कोरोना संक्रमित रेफर हुनुपर्दैन थियो, धेरैको बाटोमा नै मृत्यु हुँदैन थियो। गम्भीर अवस्थामा अस्पताल आइपुगेका धेरैको ज्यान सम्भवत जोगाउन सकिन्थ्यो।’

कहाँ–कहाँ भयो मृत्यु ?
नेपाललाइभले तथ्याङ्क पत्रकारिता केन्द्र (सीडीजेएन) को सहयोगमा कोरोना भाइरस महामारी सुुरु भएयता गएको १ असारसम्मको अवधिमा कोरोनाका कारण भएको मृत्युको तथ्यांकलाई विश्लेषण गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १ असारसम्मको तथ्यांक अनुसार देशभर कुल आठ हजार ५०६ जनाले ज्यान गुमाएका छन्। यो रिपोर्टमा हामीले सोही अवधिमा भएका मृत्युलाई केलाएका छौं। 

सात हजार ८७४ जना कोरोना संक्रमितको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ। घरमा ४२८, अस्पताल लैजाँदै गर्दा बाटोमा ५७ र आइसोलेसन सेन्टरमा ४४ जनाको मृत्यु भएको छ। यस्तै, जेल, क्वारेन्टिन, विद्यालय, पार्क, आश्रम लगायत विभिन्न ठाउँमा कोरोना संक्रमणबाट ३२ जनाको मृत्यु भएको छ। मन्त्रालयले राखेको तथ्यांकमा कोरोना संक्रमणबाट मृत्यु भएका ७१ जनाको कहाँ मृत्यु भएको भन्ने खुल्दैन।

अस्पतालहरुमा भएको मृत्युमध्ये ५७ प्रतिशतको काठमाडौं उपत्यका बाहिरका अस्पताल तथा स्वास्थ्य संस्थामा ज्यान गुमाएका छन्। बाँकी ४३ प्रतिशत संक्रमितको उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा मृत्यु भएको छ।

सबैभन्दा धेरै बाँकेको भेरी अस्पतालमा मृत्यु भएको देखिएको छ। भेरीमा ५३१ संक्रमितको मृत्यु भएको छ। भेरीपछि क्रमशः काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा ४३२, ललितपुरको पाटन अस्पतालमा ३२६, चितवनको चितवन मेडिकल कलेजमा ३१७, विराटनगरको नोबेल मेडिकल कलेजमा २८१, रुपन्देहीको लुम्बिनी प्रादेशिक अस्पतालमा २५४, धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २४४, काठमाडौंको वीरेन्द्र सैनिक अस्पताल २३९, कैलालीको सेती प्रादेशिक अस्पतालमा १८८ जनाको मृत्यु भएको छ। अस्पतालसम्म पुग्नै नपाई ६३२ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्। 

नमिल्दो उपकरण र जनशक्तिको अवस्था
स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार नेपालमा कोरोना संक्रमणको पहिलो लहर आउनुअघि माघ २०७६ सम्ममा देशभरका अस्पतालमा ९८४ वटा आईसीयू र ४९० वटा भेन्टिलेटर थिए। कोरोना महामारी बढ्दै गएपछि सरकारले अस्पतालहरुमा उपकरण तथा भौतिक पूर्वाधार थप्दै लगेको थियो। गएको २५ जेठसम्ममा तीन हजार ८४६ वटा एचडीयू, दुई हजार ७५१ वटा आईसीयू र एक हजार ११५ वटा भेन्टिलेटर छन्। स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना महामारी अघि अधिकांश अस्पतालहरुमा एचडीयू थिएनन्। 

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार यी पूर्वाधार प्रदेशहरुमा रहेको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले सम्बन्धित अस्पतालसँग समन्वय गरेर तयार पारेको हो। मुलुकभरका केन्द्रीय अस्पतालहरुको तथ्यांक स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्र (एचईओसी)ले समन्वय गरेर संकलन गरेको डा. अधिकारीले बताए। यीबाहेक स्थानीय तहका अस्पतालहरुमा पनि एचडीयू, आईसीयु र भेन्टिलेटर थप भएको हुनसक्छ। तर, स्थानीय तहसँग समन्वय हुन नसकेका कारण स्वास्थ्य पूर्वाधारको एकीकृत तथ्यांक मन्त्रालयको प्रणालीमा नआएको डा. अधिकारीले बताए।

‘निजी अस्पतालहरुले मन्त्रालयलाई आईसीयू बेडको संख्या थोरै भन्ने, तर धेरै बेड सञ्चालन गरेर सेवा दिने गरेका कारण पनि तथ्यांकमा एकरुपता नआएको हुनसक्छ,’ उनले भने। उनका अनुसार संघीय संरचनापछि विगतको जस्तो जिल्ला स्वास्थ्य कार्यालयहरुबाट स्वास्थ्य मन्त्रालयमा नियमित रिपोर्टिङ नहुँदा पनि तथ्यांक संकलनमा समस्या आएको हो। 

त्रिवि शिक्षण अस्पताल, सघन उपचार कक्षका इन्चार्ज डा. सुवास आचार्यका अनुसार आईसीयूमा उपचाररत बिरामीका लागि एकजना नर्स, मेडिकल अफिसर वा रेजिडेन्ट डाक्टर २४ घण्टा नै उपलब्ध हुनुपर्छ। आईसीयू सञ्चालनका लागि विशेषज्ञ चिकित्सक पनि अनिवार्य हुनुपर्छ।

उपकरण व्यवस्थापनमा मात्र होइन, ती उपकरण चलाउने दक्ष जनशक्ति व्यवस्थापनमा पनि मन्त्रालय चुकेको छ। मन्त्रालयलाई आफू माताहतका र मन्त्रालयसँग सञ्चालन स्वीकृति लिएका निजी अस्पतालहरुसँग कहाँ, कति र के–कस्ता उपकरण सञ्चालनमा छन् तथा ती उपकरण सञ्चालन गर्ने जनशक्ति कहाँ कति छन् भन्ने जानकारी नै छैन। 

डा. अधिकारीले अस्पतालहरु संघीय प्रणाली अनुसार सञ्चालन हुन थालेपछि जनशक्ति व्यवस्थापनको जिम्मेवारी प्रदेश र स्थानीय तहमा गएकाले तथ्यांक स्वास्थ्य मन्त्रालयसँग नभएको बताए। प्रदेश र स्थानीय तहले समन्वय गरेर जनशक्तिको अवस्थाबारे मन्त्रालयमा जानकारी नै नदिने गरेकाले एकीकृत तथ्यांक आउन नसकेको उनको भनाइ छ। ‘संघीयतापछि समायोजन भएका स्वास्थ्यका जनशक्ति कहाँ छन् र कति अभाव छ भन्ने एकिन जानकारी छैन,’ उनले भने, ‘संघीयतापछि यस्तो तथ्यांक कसैले एकीकृत गरेर राखेका पनि छैनन।’ स्थानीय तह र प्रदेशबाट केन्द्रमा सही सूचना तथा तथ्यांक नआउदा कोरोना व्यवस्थापनमा केन्द्र सरकारलाई चुनौती बढेको डा. अधिकारीको भनाइ छ।

त्रिवि शिक्षण अस्पताल, सघन उपचार कक्षका इन्चार्ज डा. सुवास आचार्यका अनुसार आईसीयूमा उपचाररत बिरामीका लागि एकजना नर्स, मेडिकल अफिसर वा रेजिडेन्ट डाक्टर २४ घण्टा नै उपलब्ध हुनुपर्छ। आईसीयू सञ्चालनका लागि विशेषज्ञ चिकित्सक पनि अनिवार्य हुनुपर्छ। जस्तै, आईसीयु सञ्चालनका लागि एनेस्थेसियामा एमडी गरेको चिकित्सक आवश्यक पर्छन्। 

आईसीयू कक्षको प्रति १० बेड एकजना एनेस्थेसियोलोजिष्ट चाहिन्छ। यस्तै, मेडिकल अफिसर पनि प्रति १० बेड एकजना अनिवार्य हुन्छ। ‘यदि कुनै अस्पतालमा १० बेडको आईसीयू छ भने २४ घण्टा खट्ने गरि नर्स, एमडी गरेका रजिष्ट्रार र मेडिकल अफिसर एक–एक जना हुनैपर्छ,’ डा. आचार्यले भने, ‘आईसीयू व्यवस्थापन गर्ने गरि एक कन्सल्ट्यान्ट चिकित्सक पनि अनिवार्य चाहिन्छ।’ लेभल–३ को आईसीयू सञ्चालन गर्न क्रिटिकल केयर फिजिसियन चाहिन्छन्। तर मुलुकका अस्पतालहरुमा यस्ता जनशक्ति एकदमै न्यून रहेको उनले बताए। 

डा. आचार्यले आईसीयू र भेन्टिलेटरको संख्या मुलुकको जनसंख्याको अनुपातमा धेरै कम रहेको र जनशक्तिको संख्या पनि न्यून रहेको बताए। उनले कोरोना महामारी सुरु भएयता सरकारले एचडीयू, आईसीयू र भेन्टिलेटर थप गरे पनि जनशक्तिको व्यवस्थापन गर्न नसकेको बताए। त्रिवि शिक्षण अस्पतालको आईसीयूमा विशेषज्ञ चिकित्सकको कमी नभए पनि नर्सिङ जनशक्तिको व्यवस्थापन चुनौतीपूर्ण रहेको उनको भनाइ छ। 

आईसीयू तथा भेन्टिलेटरमा बिरामीको उपचार तथा हेरचाहका लागि कम्तीमा तीन महिना क्रिटिकल केयरको तालिम प्राप्त नर्सिङ जनशक्ति आवश्यक पर्छ। मुलुकमा भएका दुई हजार ७५१ आईसीयू सञ्चालनका लागि कम्तीमा १३ हजार ७५५ जना क्रिटिकल केयर तालिम लिएका नर्सिङ जनशक्ति आवश्यक पर्छ। हाल नेपालमा तीन महिने यस्तो तालिम लिएका नर्सिङ जनशक्तिको संख्या निकै कम छ। ‘क्रिटिकल केयर नर्सेस एसोसियन अफ नेपाल’का महासचिव नर्स कविता सिटौलाले देशभरका अस्पतालमा यस्तो तालिम प्राप्त नर्सको संख्या कति छ भन्ने तथ्यांक नै नभएको बताइन्। ‘नर्सिङ काउन्सिलले पनि क्रिटिकल केयर नर्स वा अन्य विशेषज्ञ नर्स भनेर छुट्याएको छैन,’ सिटौलाले भनिन्, ‘यदि डाक्टरहरुको जस्तै नर्सको पनि विशेषज्ञता छुट्याउने हो भने राम्रोसँग सेवा दिन सकिन्छ।’

स्वास्थ्य मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेलले अझै पनि कोरोना संक्रमितको उपचारका लागि चाहिने जनशक्ति व्यवस्थापनलाई ध्यान नदिए दोस्रो लहरको कोरोना संक्रमणका बेला भोगेको क्षती दोहोरिने बताए। ‘अस्पतालहरुमा उपकरण भएर मात्र बिरामीले सेवा पाउदैनन्,’ डा. प्याकुरेलले भने। उनले केन्द्र सरकारले चाहेमा प्रदेशहरुसँग समन्वय गरेर हरेक अस्पतालमा भएका जनशक्तिको विवरण संकलन गर्न सक्ने बताए। स्वास्थ्य मन्त्रालयले जनशक्तिको वास्तविक विवरण संकलन गर्न सके आवश्यकता अनुसार जनशक्ति परिचालन गर्न सकिने उनको तर्क छ। 

-तथ्याङ्क पत्रकारिता केन्द्रको सहयोगमा

प्रकाशित मिति: बिहीबार, साउन १४, २०७८  १३:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
श्रीलङकाः हेलिकप्टर दुर्घटनाान छ जनाको मृत्यु, छ सख्त घाइते
डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ
भारत-पाकिस्तान तनाव बढ्दै जाँदा बीसीसीआईले रोक्यो आईपीएल
सम्बन्धित सामग्री
रिङ्कु सदाको परिवार भेटेलगत्तै गम्भीर अनुसन्धान गर्न प्रशासनलाई प्रचण्डको आग्रह अध्यक्ष प्रचण्डले शोकमा रहेको परिवार र आन्दोलनमा रहेको संघर्ष समितिसँग पनि शनिबार नै भेट गरेका थिए। परिवारले हत्या नै भएको आशंका गरे... शनिबार, फागुन १७, २०८१
रिङ्कु सदा मृत्यु प्रकरणः जबर्जस्ती करणीसहित चारवटा मुद्दामा अनुसन्धान सुरु गत माघ ३० गते साँझ पीडित किशोरी आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। यस घटनाको अनुसन्धान गर्न मधेश प्रदेश प्रहरी कार्याल... शुक्रबार, फागुन ९, २०८१
कालिमाटीमा मृत भेटिएका भरियाको हत्या गरिएको आशंका,सीसीटीभी हेर्दै प्रहरी जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहोराका अनुसार उनको टाउकोमा गम्भीर चोट देखिएकाले हत्याको अनुमान गरिएको छ। टाउ... बुधबार, फागुन ७, २०८१
ताजा समाचारसबै
श्रीलङकाः हेलिकप्टर दुर्घटनाान छ जनाको मृत्यु, छ सख्त घाइते शुक्रबार, वैशाख २६, २०८२
भारत-पाकिस्तान तनाव बढ्दै जाँदा बीसीसीआईले रोक्यो आईपीएल शुक्रबार, वैशाख २६, २०८२
डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ शुक्रबार, वैशाख २६, २०८२
राष्ट्र बैंकले २० करोड मुद्दती निक्षेपमा लगानी गर्ने शुक्रबार, वैशाख २६, २०८२
कांग्रेस भारत र पाकिस्तानबिच चाँडै शान्ति कायम होस् भन्ने पक्षमा : प्रवक्ता महत शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
तीनकुनेमा पछाडिबाट आएको गाडीले ठक्कर दिँदा एकको मृत्यु, तीन जना घाइते बिहीबार, वैशाख २५, २०८२
भारतको हवाई आक्रमणबाट पाकिस्तानमा मृत्यु हुनेको संख्या ३१ पुग्यो बिहीबार, वैशाख २५, २०८२
ललितपुर महानगरपालिकामा भोलि सार्वजनिक बिदा बिहीबार, वैशाख २५, २०८२
पहलगाम घटनामा पाकिस्तानलाई आरोपित गरी भारतले आक्रमण गर्न मिल्दैन : देव गुरूङ बिहीबार, वैशाख २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
नौ महिना अन्तरिक्षमा बिताउँदाको स्वास्थ्य प्रभाव: पृथ्वीमा फर्किएपछि शरीरमा हुने परिवर्तन   नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पेट्रोलियम गाडीमा युरो ६ लागू गरिने शुक्रबार, वैशाख १९, २०८२
वामपन्थी नेता प्रदीप नेपालको निधन मंगलबार, वैशाख २३, २०८२
पाकिस्तानले हवाई क्षेत्र बन्द गर्दा एयर इन्डियालाई ५० अर्ब घाटा शुक्रबार, वैशाख १९, २०८२
भारतीय आक्रमणमा जैस-ए-मोहम्मदका कमाण्डरको परिवारका १० जना मारिए बुधबार, वैशाख २४, २०८२
राष्ट्रिय टोलीको बन्द प्रशिक्षणबाट बाहिरिए कुशल, को–को परे २५ भित्र? शनिबार, वैशाख २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्