काठमाडौं– कुशल भुर्तेलको अर्धशतकमा आईसीसी टी–२० विश्वकप एसिया प्यासिफिक क्वालिफायर अन्तर्गत नेपालले ओमानलाई १५२ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५१ रन बनाएको हो । नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरे । ५१ बल खेलेका उनले ६८ रनको पारी खेले ।
यस्तै आशिफ शेखले २० बलमा २४ रन बनाउँदा गुल्शन झाले १० बलमा १८ रन, आदिल आलमले १५ बलमा १६ र नन्दन यादवले एक छक्काको सहयोगमा ४ बलमा ९ रन प्रहार गरे ।
आक्रामक सुरुवात पाए पनि मध्यक्रम सम्हालिन नसक्दा नेपाल ठूलो स्कोर बनाउनबाट चुक्यो । यो सिजनभरी नै नेपालका हार्ड हिटरका रुपमा चिनिएका कुशल मल्ल भने फ्लप रहेका छन् ।
ओमानका लागि नदीम खानले उत्कृष्ट बलिङ गरे । उनले चार ओचरमा मात्र २० रन खर्चिँदै ४ विकेट लिए । सुफियान महमुद र जीतेनकुमार रामानन्दीले २/२ विकेट लिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।